प्रमको पहिलो भ्रमण भारतको – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

प्रमको पहिलो भ्रमण भारतको

काठमाडौं । प्रधानमन्त्री के.पी. शर्मा ओली यही चैत्र २३ गते भारतको राजकीय भ्रमणमा जाने तय भएको छ । उनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा तीन दिने भारत भ्रमणमा जान लागेका हुन् ।

भ्रमणको क्रममा उनले भारतीय राष्ट्रपति रामनाथ कोविन्द, प्रधानमन्त्री नरेन्द्र मोदी लगायतसँगको भेट गर्ने तय भएको र उत्तराखण्डको पनि भ्रमण गर्ने जनाइएको छ । उहाँ २५ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री के.पी शर्मा ओलीले पहिलो विदेश यात्रा चीनको गर्ने अनुमान गरिएता पनि उनले पनि अन्य प्रमहरु जस्तै पहिलो यात्रा सच्चा राष्ट्रवादी भएको ठोकुवा गर्दै हिँड्ने र भारतले नेपालको राष्ट्रियतामाथि बेलाबखतमा हस्तक्षेप गर्ने गरेको आरोप लगाउँदै आएका प्रधानमन्त्री ओलिले दोस्रो पटक प्रधानमन्त्री हुँदा पनि विदेश यात्राको सुरुवात भारतबाटै गर्ने भएका छन् ।

राष्ट्रवादी नेताको छबि बनाउने धुनमा ओलीले भारतलाई पटकपटक चिढाएका छन् जसका कारण भारत–ओली सम्बन्ध केही चिसिन पुगेको थियो । सरकार बन्नु अगावै विदेशमन्त्री नेपाल आएर ओलीलाई भेट गरी सम्बन्ध सुधारको संकेत दिएकी थिइन् । सोही चिसिएको सम्बन्ध सुधार गर्ने मौकाको रुपमा प्रम ओलीको पहिलो भ्रमण चीन नभई भारतको गरेको अनुमान लगाउन सकिन्छ ।

तर अहिलेको राजनैतिक परिस्थितिमा यो भ्रमणलाई व्यक्तिगत स्वार्थपूर्तिका लागि भन्दा पनि दूई देशबीचको सम्बन्ध अझ प्रगाढ बनाउने अवसरको रुपमा लिनुपर्ने हुन्छ । नेपालका कम्युनिष्टहरु चीनसँग नजिक रहेका यथार्थबाट भारत अनविज्ञ छैन, त्यसैले कुटनैतिक सम्बन्ध सन्ुतलन र विस्तारको काम निकै विवेकपूर्ण ढंगबाट हुन जरुरी छ । तसर्थ यस भ्रमणबाट ओली आफ्नो सम्बन्ध सुधार्ने मात्र होइन देश विकासको लागि भारतको विश्वास जित्न सक्नु नै अहिलेको सन्दर्भमा उत्तम ठानिनेछ ।

सम्बन्धित समाचार

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०७४ चैत्र १९, ०९: ०६

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
  • २०७४ चैत्र १९, ०९: ०६

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...

राष्ट्रपति पौडेलद्वारा काठमाडौं–तराई द्रुतमार्गको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’
राष्ट्रपति पौडेलद्वारा काठमाडौं–तराई द्रुतमार्गको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’
  • २०७४ चैत्र १९, ०९: ०६

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन् । ३...