एयरलाइन्सलाई बक्यौता बुझाउन क्यानकाे ३० दिने अल्टिमेटम – Naya Bikalpa
November 26, 2026, Thursday      Epaper

एयरलाइन्सलाई बक्यौता बुझाउन क्यानकाे ३० दिने अल्टिमेटम

नयाँ विकल्प

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले वर्षांैदेखि करोडौँ बक्यौता नतिर्ने एयरलाइसलाई ३० दिनभित्र भुक्तानी गर्न ताकेता गरेको छ ।

क्यानले आज सार्वजनिक सूचना जारी गर्दै उडान सेवा बन्द भएका एयरलाइन्सले क्यान र विमानस्थल कार्यालयलाई तिर्नुपर्ने सेवा शुल्क तथा रोयल्टी बुझाउन आग्रह गरेको हो । क्यानका अनुसार यसरी उडान सेवा बन्द भएका आन्तरिक उडानका ११ एयरलाइन्सले रु नौ करोड बक्यौता बुझाउन बाँकी छ ।

एयरलाइन्सले क्यानलाई बुझाउनुपर्ने रकम पटकपटक सूचना गर्दा पनि नबुझाएकाले पुनः सूचना जारी गर्दै बन्द भएका एयरलाइन्सका सञ्चालकलाई तत्काल बाँकी रकम भुक्तान गर्न निर्देशन दिएको हो । उनीरुलाई सूचना प्रकाशित भएको मितिले ३० दिनभित्रमा रकम र नियमानुसार लाग्ने विलम्ब शुल्कसमेत बुझाउन भनिएको छ । यदि प्राधिकरणले निर्धारण गरेको रकम तिर्न नपर्ने कुनै प्रमाण भएमा सोसमेत पेश गर्न आग्रह गरिएको छ ।

तोकिएको समयमा पनि हिसाब मिलान वा रकम बुझाउन नआएमा सञ्चालकलाई कालोसूचीमा राखिने प्राधिकरणले चेतावनी दिएको छ । कालोसूचीमा परेका सञ्चालकले भविष्यमा हवाई सेवा, विमानस्थल तथा प्राधिकरणसँग सम्बद्ध कुनै किसिमको काम कारवाही तथा व्यापार व्यवसायमा सहभागी हुन नपाउने प्राधिकरणले उल्लेख गरेको छ ।

सबैभन्दा धेरै नेकोन एयरको बक्यौता रु चार करोड ७० लाख ६० छ । त्यस्तै कस्मिक एयरको रु तीन करोड ४७ लाख बाँकी रहेको छ । त्यस्तै शिवानी एयरको रु ५५ लाख ५१ हजार, गोरखा एयरको रु २० लाख, कर्णाली एयरको रु १७ लाख ४६ हजार, माउन्टेन एयरको रु १७ लाख ४६ हजार, साङ्ग्रिला एयरको रु १५ लाख ३७ हजार, स्काइलाइन एयरको रु १५ लाख ५० हजार, एयर काष्टमण्डपको रु सात लाख ३८ हजार, नेपाल एयरवेजको रु पाँच लाख ५० हजार र अल्पाइन एयरको ७२ हजार रहेको छ ।

हाल नेपालमा १० हेलिकप्टर कम्पनीसहित १९ वायुसेवा प्रदायक कम्पनीले आन्तरिक उडान भर्दै आएका छन् ।

सम्बन्धित समाचार

मन्त्रिपरिषद्को मर्यादाक्रममा फेरबदल
मन्त्रिपरिषद्को मर्यादाक्रममा फेरबदल
  • २०७७ माघ २६, १३: ११

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिसमा १७ सदस्यीय मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर गरेका छन् । नयाँ मर्यादाक्रमअनुसार प्रधानमन्त्री...

संगठनलाई गुटभन्दा माथि उठाएर समुदायसँग जोड्न कांग्रेस केन्द्रीय सदस्य डा. अमिता प्रधान शाक्यको प्रस्ताव
संगठनलाई गुटभन्दा माथि उठाएर समुदायसँग जोड्न कांग्रेस केन्द्रीय सदस्य डा. अमिता प्रधान शाक्यको प्रस्ताव
  • २०७७ माघ २६, १३: ११

काठमाडौं : नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. अमिता प्रधान शाक्यले पार्टी संगठनलाई पदमुखीभन्दा काममुखी बनाउनुपर्नेमा जोड दिएकी छन् । आन्तरिक...

प्रेस स्वतन्त्रताको माग गर्दै पत्रकार महासंघद्वारा दोस्रो चरणको आन्दोलन घोषणा
प्रेस स्वतन्त्रताको माग गर्दै पत्रकार महासंघद्वारा दोस्रो चरणको आन्दोलन घोषणा
  • २०७७ माघ २६, १३: ११

काठमाडौं । नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण र पत्रकारका अधिकार सुनिश्चित गर्न दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा...