सशस्त्र र नेपाल प्रहरीको नेतृत्व लिँदै खनालद्वय – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

सशस्त्र र नेपाल प्रहरीको नेतृत्व लिँदै खनालद्वय

काठमाडौं । दुई वटा सुरक्षा निकाय शसस्त्र प्रहरी वल र नेपाल प्रहरीको प्रमुख यसै साता परिवर्तन हुने भएको छ ।
शसस्त्र प्रहरी वलका प्रमुख शसस्त्र प्रहरी महानिरिक्षक सिंहबहादुर श्रेष्ठ आगामी चैत २८ गते सेवाबाट अवकास पाएसँग शसस्त्र प्रहरी अतिरिक्त महानिरिक्षक शैलेन्द्र खनालले नेतृत्व लिने सम्भावना छ । खनाल अतिरिक्त महानिरिक्षकमध्ये वरिष्ठ हुन् ।

२०७३ साल असार २ गते नायव महानिरिक्षकबाट अतिरिक्त महानिरिक्षकमा बढुवा भएका खनाल जेष्ठता, कार्यकुसलता, नेतृत्व क्षमता, आर्थिक अनुशासन र व्यवस्थापिकय क्षमताको आधारमा अन्य प्रतिष्पर्धीभन्दा अघि छन् । एक बर्षअघि मात्र एआईजीमा बढुवा भएका पुष्पराम केसी, नारायणबहादुर थापा र रामशरण पौडेलभन्दा खनाल सबै मापदण्डमा अघि छन् ।

अर्धसैन्य संरचनामा रहेको शसस्त्र प्रहरी वलमा १० जना एआईजी छन् । एआईजीहरु प्रकाश ओझा र प्रेम शाही महानिरिक्षक श्रेष्ठसँग सेवाअवधीका कारण सेवा निवृत्त हुने भएका छन् । ओझा र शाही दुवै बिदा बसीसकेका छन् । गत माग १५ गते नायव महानिरिक्षकबाट अतिरिक्त महानिरिक्षकमा बढुवा भएका जानकीप्रसाद भट्टराई, सुवोध अधिकारी, निराकरनविक्रम शाह, षडानन्द चौधरी र राजेश श्रेठ भने हाल फाजिलमा छन् । उनीहरु कसैलाई पनि विभागीय जिम्मेवारी दिइएको छैन् ।

यता नेपाल प्रहरीको नेतृत्व पनि बैशाख एक गतेदेखि परिवर्तन हुने भएको छ । नेपाल प्रहरीका महानिरिक्षक प्रकाश अर्याल चैत ३० गतेदेखि अवकास पाउँदैछन् । अर्यालसँगै अन्य ६ जना एआईजीले पनि अनिवार्य अवकास पाउँदैछन । उनीहरु सबै ३० बर्षे सेवाअवधिका कारण अवकास पाउने भएका हुन् । नेपाल प्रहरीको नेतृत्व लिन करिव १३ जना नायव महानिरिक्षक प्रतिष्पर्धामा छन् । तर नायव महानिरिक्षकहरु सर्वेन्द्र खनाल र रमेश खरेलबीच प्रहरीको नेतृ्त्व लिन तिव्र प्रतिष्पर्धा छ ।

खनाल र खरेल दुवै एकै दिन प्रहरी वरिष्ठ उपरिक्षकबाट प्रहरी नायव महानिरिक्षकमा बढुवा भएका हुन् । प्रहरी जवानबाट सेवा प्रवेस गरेका खरेल २०४६ सालमा खनालका साथै पुष्कर कार्कीसँगै प्रहरी निरिक्षक पदमा नियुक्त भएका थिए । खनाल हाल महानगरिय ट्राफिक प्रहरी महाशाखामा छन भने कार्की अपराध नियन्त्रण महाशाखा प्रमुख हुन् । योग्यता, जेष्ठता, कार्यकुशलता र क्षमताका आधारमा खरेलभन्दा खनाल अघि रहेको गृह मन्त्रालय स्रोत वताउँछ ।

सम्बन्धित समाचार

जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
  • २०७४ चैत्र २६, ०८: ४२

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...

राष्ट्रपति पौडेलद्वारा काठमाडौं–तराई द्रुतमार्गको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’
राष्ट्रपति पौडेलद्वारा काठमाडौं–तराई द्रुतमार्गको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’
  • २०७४ चैत्र २६, ०८: ४२

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन् । ३...

प्रधानमन्त्री शाह र भारतीय राजदूत दलेलाबीच शिष्टाचार भेटवार्ता
प्रधानमन्त्री शाह र भारतीय राजदूत दलेलाबीच शिष्टाचार भेटवार्ता
  • २०७४ चैत्र २६, ०८: ४२

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाबीच सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार शिष्टाचार...