काठमाडौं । दुई वटा सुरक्षा निकाय शसस्त्र प्रहरी वल र नेपाल प्रहरीको प्रमुख यसै साता परिवर्तन हुने भएको छ ।
शसस्त्र प्रहरी वलका प्रमुख शसस्त्र प्रहरी महानिरिक्षक सिंहबहादुर श्रेष्ठ आगामी चैत २८ गते सेवाबाट अवकास पाएसँग शसस्त्र प्रहरी अतिरिक्त महानिरिक्षक शैलेन्द्र खनालले नेतृत्व लिने सम्भावना छ । खनाल अतिरिक्त महानिरिक्षकमध्ये वरिष्ठ हुन् ।
२०७३ साल असार २ गते नायव महानिरिक्षकबाट अतिरिक्त महानिरिक्षकमा बढुवा भएका खनाल जेष्ठता, कार्यकुसलता, नेतृत्व क्षमता, आर्थिक अनुशासन र व्यवस्थापिकय क्षमताको आधारमा अन्य प्रतिष्पर्धीभन्दा अघि छन् । एक बर्षअघि मात्र एआईजीमा बढुवा भएका पुष्पराम केसी, नारायणबहादुर थापा र रामशरण पौडेलभन्दा खनाल सबै मापदण्डमा अघि छन् ।
अर्धसैन्य संरचनामा रहेको शसस्त्र प्रहरी वलमा १० जना एआईजी छन् । एआईजीहरु प्रकाश ओझा र प्रेम शाही महानिरिक्षक श्रेष्ठसँग सेवाअवधीका कारण सेवा निवृत्त हुने भएका छन् । ओझा र शाही दुवै बिदा बसीसकेका छन् । गत माग १५ गते नायव महानिरिक्षकबाट अतिरिक्त महानिरिक्षकमा बढुवा भएका जानकीप्रसाद भट्टराई, सुवोध अधिकारी, निराकरनविक्रम शाह, षडानन्द चौधरी र राजेश श्रेठ भने हाल फाजिलमा छन् । उनीहरु कसैलाई पनि विभागीय जिम्मेवारी दिइएको छैन् ।
यता नेपाल प्रहरीको नेतृत्व पनि बैशाख एक गतेदेखि परिवर्तन हुने भएको छ । नेपाल प्रहरीका महानिरिक्षक प्रकाश अर्याल चैत ३० गतेदेखि अवकास पाउँदैछन् । अर्यालसँगै अन्य ६ जना एआईजीले पनि अनिवार्य अवकास पाउँदैछन । उनीहरु सबै ३० बर्षे सेवाअवधिका कारण अवकास पाउने भएका हुन् । नेपाल प्रहरीको नेतृत्व लिन करिव १३ जना नायव महानिरिक्षक प्रतिष्पर्धामा छन् । तर नायव महानिरिक्षकहरु सर्वेन्द्र खनाल र रमेश खरेलबीच प्रहरीको नेतृ्त्व लिन तिव्र प्रतिष्पर्धा छ ।
खनाल र खरेल दुवै एकै दिन प्रहरी वरिष्ठ उपरिक्षकबाट प्रहरी नायव महानिरिक्षकमा बढुवा भएका हुन् । प्रहरी जवानबाट सेवा प्रवेस गरेका खरेल २०४६ सालमा खनालका साथै पुष्कर कार्कीसँगै प्रहरी निरिक्षक पदमा नियुक्त भएका थिए । खनाल हाल महानगरिय ट्राफिक प्रहरी महाशाखामा छन भने कार्की अपराध नियन्त्रण महाशाखा प्रमुख हुन् । योग्यता, जेष्ठता, कार्यकुशलता र क्षमताका आधारमा खरेलभन्दा खनाल अघि रहेको गृह मन्त्रालय स्रोत वताउँछ ।
काठमाडौं : संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तका लागि सिफारिस गरिएका तीन जनाविरुद्ध उजुरी आह्वान...
काठमाडौं : नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक र नयाँ क्रियाशील सदस्यता वितरणको समयसीमा नजिकिँदै गर्दा नेपाली कांग्रेसले आन्तरिक छलफल गर्दै...
काठमाडौं : बागमती प्रदेश सरकारले प्रदेशलाई औपचारिक रूपमा ‘सडक आश्रित सहयोगापेक्षी मानवमुक्त प्रदेश’ घोषणा गरेको छ। सामाजिक विकास मन्त्रालयद्वारा आयोजित...