
एजेन्सी- ब्राजिलमा कोरोना भाइरस (कोभिड १९) बाट मृत्यु हुनेको संख्या बढ्दै गएको बताइएको छ । प्राप्त समाचारअनुसार मंगलबारमात्र ब्राजिलका २ लाख ४० हजार भन्दा बढीको यो संंक्रमणका कारण मृत्यु भएको पाइएको छ ।
ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार अहिलेसम्म अर्थात् मंगलबारसम्ममा ब्राजिलमा कोरोनाको कारण २ लाख ४० हजार १५९ जनाको मृत्यु भएको छ । ब्राजिलमा पछिल्ला दिनहरुमा कोभिडका कारण मृत्यु हुनेको संख्या बढ्दै गएको यहाँका अधिकारीहरुले जानकारी दिएका हुन् ।
ब्राजिल अमेरिकापछि कोरोनाबाट मृत्यु हुनेको संख्याको आधारमा दोस्रो सबैभन्दा प्रभावित मुलुक हो । ब्राजिलमा गत २४ घन्टामा १ हजार १६७ जना कोरोना भाइरसका संक्रमित विरामीको ज्यान गएको पनि सो मन्त्रालयले जनाएको छ ।
केही महिना यतादेखिको मृत्यु संख्या हेर्दा एकै दिनमा भएको यो सबैभन्दा धेरै मृत्यु हो । त्यसैगरी गएको २४ घन्टा यता मात्र गरेको परीक्षणका क्रममा कम्तीमा पनि ५५ हजार जनामा संक्रमण देखिएको पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
गत सातादेखि नै यहाँका कोरोना संक्रमितको संख्या ५० हजार नाघेको बताइएको छ । दक्षिण अमेरिकामा कोरोनाबाट सबैभन्दा धेरै प्रभावित बनेको ब्राजिलमा अहिलेसम्म कोरोनाका ९९ लाख २१ हजार ९९९ जना संक्रमित फेला परिसकेका छन् ।
यसअघि शुरुका दिनहरुमा पनि कोरोना भाइरसको प्रकोप नियन्त्रण गर्न नसकेको भन्दै ब्राजिलका राष्ट्रपतिको आलोचना हुँदै आएको थियो । तर पछिल्लो पटक यहाँ पनि भाइरसका नयाँ प्रजाति पनि पाइएको र झन् ठूलो संख्यामा संक्रमित भेटिन थालेको समाचारमा जनाइएको छ ।
काठमाडौँ : देशका विश्वविद्यालयहरूले परीक्षाफल सार्वजनिक गरेपछि १५ दिनभित्र विद्यार्थीलाई ट्रान्सक्रिप्ट उपलब्ध गराउने व्यवस्था लागू गर्ने सहमति गरेका छन् ।...
काठमाडौँ : तुर्माखाँद गाउँपालिका-३ भैरवस्थानस्थित बल्दे नजिकै कर्णाली नदीमा बेपत्ता दुई जनाको शव फेला परेको छ । तुर्माखाँद गाउँपालिका-३ का...
काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल र अष्ट्रेलियाको प्रतिनिधि सभाका सभामुख मिल्टन डिकबीच शिष्टाचार भेटवार्ता भएको छ । टर्कीको...