देउवालाई प्रधानमन्त्रीकाे लागि प्रस्ताव गर्न प्रचण्ड-नेपाल बुढानिलकण्ठमा ! – Naya Bikalpa
November 16, 2026, Monday      Epaper

देउवालाई प्रधानमन्त्रीकाे लागि प्रस्ताव गर्न प्रचण्ड-नेपाल बुढानिलकण्ठमा !


नयाँ विकल्प
काठमाडाैं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रचण्ड-नेपाल पक्षका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल बुढानिलकण्ठ जाँदै छन् ।

चितवनमा रहेका प्रचण्ड बुधाबार विहानमात्र काठमाडौं आएका थिए । प्रचण्ड र नेपाल पछिल्लाे राजनीतिक घटनाक्रम तथा भावी सरकारबारे छलफल गर्न देउवा निवास बुढानिलकण्ठ पुग्न लागेका हुन् ।

सर्वोच्च अदालतले मंगलबार प्रतिनिधि सभा पुनर्स्थापना गरिदिएको थियो। यीलगायत समसामयिक राजनीतिक घटनाक्रमबारे देउवासँग प्रचण्ड-नेपालले भेट्न लागेका बुढानिलकण्ठ स्राेतले बतायाे ।

पुस ५ मा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन निर्णय बदर गरेसंगै १३ दिन भित्र प्रतिनिधि सभाकाे बैठक बाेलाउँन आदेश जारी भएकाे छ ।

संसदमा प्रधानमन्त्री केपी शर्मा ओली अल्पमतमा पर्ने अबस्था र भावी सरकार गठनबारे छलफलकालागि प्रचण्ड नेपाल देउवासंग छलफलकालागि बुढानिलकण्ठ जान लागेकाे बताइएकाे छ ।

संसद विघटन पश्चात नेपाली कांग्रेस तथा नेकपा भित्रकाे प्रचण्ड माधव पक्षले निरन्तर आन्दाेलनमा उत्रेका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीकाे संसद विघटन निर्णय बदर भएसंगै बन्ने नयाँ सरकारकाे नेतृत्व गर्न प्रचण्ड – माधवले यस अघि नै शेरबहादुर देउवालाइ प्रधानमन्त्रीकालागि प्रस्ताव गरेका थिए ।

सम्बन्धित समाचार

बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
  • २०७७ फाल्गुन १२, १२: ५०

बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....

भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
  • २०७७ फाल्गुन १२, १२: ५०

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...

उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न
उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न
  • २०७७ फाल्गुन १२, १२: ५०

काठमाडौँ । उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व आज सम्पन्न हुँदैछ । पर्वको...