काठमाडौं । सरकारले वैशाख १५ गतेदेखि एनालग प्रविधिलाई पूर्ण रुपमा हटाउने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले वैशाखको दोस्रो हप्ताबाट मुलुकभर एनालग केबल टीभीलाई हटाउने निर्णय गरेसँगै अब डिजिटल प्रविधि अनिवार्य भएको छ । मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै नयाँ वर्षको दोस्रो सातासम्म केबल टीभीलाई एनालगबाट डिजिटल टीभीमा रुपान्तरण गर्न अन्तिम मिति दिएको छ । मन्त्रालयले विशेष गरी शहरी क्षेत्रलाई लक्षित उक्त मिति तोकेको मन्त्रालयले जनायो ।
नेपालमा भएका एनालग केबल टेलिभिजनलाई डिजिटलाइज्ड गर्ने कार्ययोजना तयार भइसकेकोले यस्तो निर्णय आएको हो । सरकारले दिएको उक्त अवधिसम्म काठमाडौं तथा अन्य शहरी क्षेत्रका उपभोक्ताले डिजिटल प्रविधि जडान अनिवार्य गर्नुपर्ने छ । देशैभर पूर्ण रुपमा डिजिटल टीभीमा लैजाने तयारी सरकारले गरेको हो । वैशाख १५ गतेबाट नेपालका प्रमुख शहरहरू काठमाडौं, पोखरा, इटहरी, बुटवललगायत मुख्य शहरी क्षेत्रमा डिजिटल टीभी प्रसारण सफल रुपान सञ्चालनमा आउने मन्त्रालयले विश्वास लिएको छ ।
मन्त्रालयले कार्तिक २६ गतेबाट शहरी क्षेत्रमा सो केवल टिभीलाई प्रतिस्थापन गर्ने भने तापनि उक्त निर्णय कार्यान्वयन हुन सकेको छैन । २०७४ वैशाख १५ मा बसेको बैठकले कात्तिक १५ देखि महानगर, उपमहानगर र नगरपालिकामा एनालग सिस्टम बन्द गरी डिजिटल प्रविधिमा लैजाने निर्णय गरेको थियो । उक्त निर्णय कार्यान्वयन नभएपछि सरकारले मिति परिवर्तन गर्दै कात्तिक २८ समय दिएको थियो । तर पनि निर्णय कार्यान्वयन हुन सकेको थिएन ।
अन्तराष्ट्रिय दूरसञ्चार युनियन (आईटीयू) ले एनालग प्रविधिलाई विस्थापित गर्दै डिजिटलमा जान आफ्ना सदस्य राष्ट्रहरुलाई निर्देशन दिएकोमा नेपाल पनि सदस्य राष्ट्र भएकाले निर्णय कार्यान्वयन गन अनिवाय भएको सञ्चार तथा सूचना प्रविधिले बताएको छ । मन्त्रालयका अनुसार हाल डिजिटल प्रविधिमा आधारित ११ वटा डिजिटल टीभीहरुले लाईसेन्स लिइसकेका छन् । पुराना एनालग केवल टीभीले पनि डिजिटल टीभीमा रुपान्तरित भएर सेवा दिन सक्ने छ ।
काठमाडौं : अर्थमन्त्री स्वर्णिम वाग्लेले संघीय संसद्मा चालु आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण प्रस्तुत गरेका छन् । आर्थिक सर्वेक्षण प्रस्तुत...
काठमाडौं : दुग्ध विकास संस्थान (डिडिसी)ले भुक्तानी नपाएका दुध किसानलाई १२ करोड रुपैयाँ भुक्तानी गरेको छ । पछिल्लो चार महिनाको करिब ५८ करोडमध्ये...
काठमाडौं : स्थानीय बजारमा सुनको मूल्य आज तोलामा रु एक हजारले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला...