मेक्सिकोको संसदले पारित गर्‍यो गाँजासम्बन्धी विधेयक – Naya Bikalpa
November 8, 2025, Saturday      Epaper

मेक्सिकोको संसदले पारित गर्‍यो गाँजासम्बन्धी विधेयक


नयाँ विकल्प
एजेन्सी- ल्याटिन अमेरिकी मुलुक मेक्सिकोको तल्लो सदनले गाँजाको प्रयोगसम्बन्धी एउटा ऐतिहासिक विधेयक पारित गरेको छ। हाउस अफ कंग्रेसले बुधबार पारित गरेको विधेयकअनुसार अब मेक्सिकोमा गाँजाको प्रयोगलाई अपराध मानिने छैन।

उक्त विधेयकले मनोरञ्जनसँगै मेडिकल तथा वैज्ञानिक प्रयोगमा गाँजालाई खुला गरेपछि मेक्सिको गाँजाको विश्वकै ठूलो बजार बन्ने भएको छ। राष्ट्रपति आन्द्रेस म्यानुएल लोपेज ओर्बाडोरको प्रशासनले ल्याएको उक्त विधेयकलाई तल्लो सदनका सांसदहरूले ३१६ मतसहित पारित गरेका हुन्। उक्त विधेयक पारित गर्न हुन्न भन्ने पक्षमा १२७ सांसद थिए।

अब माथिल्लो सदन सिनेटले पनि विधेयक पारित गरे यसले कानुनको रूप लिनेछ र लागू हुने छ। सिनेटमा पनि सत्तारूढ पार्टीको बहुमत भएकाले विधेयक सहजै पारित हुने विश्वास गरिएको छ।

उक्त विधेयकले गाँजाका पाँच प्रकारका लाइसेन्स दिने व्यवस्था गरेको छ: गाँजाको खेती, त्यसबाट गाँजा बनाउने, बेच्ने, अनुसन्धान गर्ने र आयात-निर्यात गर्ने। १८ वर्ष माथिका मानिसरूले मात्र गाँजाको प्रयोगसम्बन्धी यस्तो लाइसेन्स पाउनेछन्।

‘आज हामीले इतिहास बनाइरहेका छौं,’ गाँजाको पातअंकित मास्क लगाएका सत्तारूढ मोरेना पार्टीका एक सांसदले भने,’योसँगै मेक्सिकोको गाँजा स्वास्थ्यका लागि हानिकारक छ भन्ने गलत सोचाइको पनि अन्त्य भएको छ।

राष्ट्रपति ओर्बाडोरले गाँजालगायत अन्य नशालु पदार्थलाई कानुनी बनाएपछि शक्तिशाली ड्रग कार्टेल्ससँग लड्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।

सन् २०१३ मा अर्को दक्षिण अमेरिकी मुलुक उरूग्वेले गाँजाको उत्पादन र वितरणलाई कानुनी हैसियत दिएको थियो। यो क्षेत्रका अन्य मुलुकहरू अर्जेन्टिना, चिली, कोलम्बिया र पेरूले गाँजाको मेडिकल प्रयोगका लागि अनुमति दिएका छन्। सन् २०१८मा क्यानडाले पनि गाँजाको प्रयोगलाई अनुमति दिएको थियो।

सम्बन्धित समाचार

मतदाता नामावली संकलन उत्साहजनक : आयोग
मतदाता नामावली संकलन उत्साहजनक : आयोग
  • २०७७ फाल्गुन २७, १२: ३५

काठमाडौं : आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि देशव्यापी मदाता नामावली संकलन  जारी छ । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार पछिल्लो समयमा...

नेपालको जलवायु प्रतिबद्धता, साझा सहकार्य र तत्कालीन कार्यको आह्वान
नेपालको जलवायु प्रतिबद्धता, साझा सहकार्य र तत्कालीन कार्यको आह्वान
  • २०७७ फाल्गुन २७, १२: ३५

काठमाडौँ : नेपालले जलवायु परिवर्तनका सम्बन्धमा विश्वसामु साझा सहकार्य, जलवायु न्याय र दिगो भविष्यका लागि तत्कालीन कार्यको आह्वान गरेको छ...

नेपाल दक्षिण अफ्रिकासँग पराजित
नेपाल दक्षिण अफ्रिकासँग पराजित
  • २०७७ फाल्गुन २७, १२: ३५

काठमाडौं : हङकङमा जारी हङकङ सिक्सेस क्रिकेट प्रतियोगितामा नेपाल दक्षिण अफ्रिकासँग ४ विकेटले पराजित भएको छ । जितका लागि नेपालले दिएको...