बुटबल । कांग्रेसका यूवा नेता चन्द्र भण्डारीले विकासका लागि सबै दल एक भएर उभिनुपर्ने उनले बताएका छन् । हुंगेली सम्पर्क समाज रुपन्देहीको प्रथम साधारणसभाको उद्घाटन गर्दै भण्डारीले समृद्धिका सपना गर्न सबैको सहकार्य हुनुपर्ने बताएका हुन् ।
राजनीति भोट हाल्ने बेलामात्रै गर्न उनले आग्रह गरे । नेपालमा सबै क्षेत्रमा राजनीति हुँदा अस्तब्यस्त बन्दै भएको भन्दै उनले अनाबश्यक रुपमा राजनीति नगर्न नागरिकलाई आग्रह समेत गरे । ‘यहाँ त माक्र्स कहाँ जन्मेका हुन्, माओ कहाँ जन्मेका हुन्, लेनिन कहाँ जन्मेका हुन् भन्दै त्यसका निम्ती झगडा गरेर पार्टी मिल्छ की मिल्छकी भनेको मारमार हुन्छ, कांग्रेस नेता भण्डारीले भने, ‘रसियामा लेनिन हराइसके, नेपालमा लेनिन खोज्दै छन् । यसरी नेपाल बन्छ ?
लेनिन खोज्दै हिड्ने कि विकास गर्ने भन्दै उनले भने, ‘वीपीलाई खोज नेपालमा जन्मेका हुन्, मदन भण्डारी, किसुनजी, पुष्पलाल, गिरिजाप्रसादलाई खोज तब पो समाज रुपान्तरण हुन्छ ।
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ र २४ गते भएका घटनाबारे छानबिन गर्न सरकारले गठन गरेको न्यायिक छानबिन...
काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनका क्रममा भिडलाई उत्तेजित बनाएको र हिंसा भड्काउन भूमिका खेलेको आशंकामा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की,...
काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले जेन-जी आन्दोलनका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अनाधिकृत रूपमा कारागारबाट बाहिरिएको घटनालाई...