हराएका लेनिन नेपालमा खोज्न हुन्नः चन्द्र भण्डारी – Naya Bikalpa
July 15, 2026, Wednesday      Epaper

हराएका लेनिन नेपालमा खोज्न हुन्नः चन्द्र भण्डारी

बुटबल । कांग्रेसका यूवा नेता चन्द्र भण्डारीले विकासका लागि सबै दल एक भएर उभिनुपर्ने उनले बताएका छन् । हुंगेली सम्पर्क समाज रुपन्देहीको प्रथम साधारणसभाको उद्घाटन गर्दै भण्डारीले समृद्धिका सपना गर्न सबैको सहकार्य हुनुपर्ने बताएका हुन् ।
राजनीति भोट हाल्ने बेलामात्रै गर्न उनले आग्रह गरे । नेपालमा सबै क्षेत्रमा राजनीति हुँदा अस्तब्यस्त बन्दै भएको भन्दै उनले अनाबश्यक रुपमा राजनीति नगर्न नागरिकलाई आग्रह समेत गरे । ‘यहाँ त माक्र्स कहाँ जन्मेका हुन्, माओ कहाँ जन्मेका हुन्, लेनिन कहाँ जन्मेका हुन् भन्दै त्यसका निम्ती झगडा गरेर पार्टी मिल्छ की मिल्छकी भनेको मारमार हुन्छ, कांग्रेस नेता भण्डारीले भने, ‘रसियामा लेनिन हराइसके, नेपालमा लेनिन खोज्दै छन् । यसरी नेपाल बन्छ ?
लेनिन खोज्दै हिड्ने कि विकास गर्ने भन्दै उनले भने, ‘वीपीलाई खोज नेपालमा जन्मेका हुन्, मदन भण्डारी, किसुनजी, पुष्पलाल, गिरिजाप्रसादलाई खोज तब पो समाज रुपान्तरण हुन्छ ।

सम्बन्धित समाचार

टी-२० विश्वकप : अब ‘सुपर १०’को संरचना, नेपालले सिधै ग्लोबल छनोट खेल्ने
टी-२० विश्वकप : अब ‘सुपर १०’को संरचना, नेपालले सिधै ग्लोबल छनोट खेल्ने
  • २०७५ बैशाख २०, ०६: २०

काठमाडौं : अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले पुरुष टी–२० विश्वकप र एकदिवसीय (ओडीआई) विश्वकपको ढाँचामा व्यापक परिवर्तन गर्ने निर्णय गरेको...

असार मसान्तसम्म ५४.५२ प्रतिशत धान रोपाइँ, गत वर्षको तुलनामा गति सुस्त
असार मसान्तसम्म ५४.५२ प्रतिशत धान रोपाइँ, गत वर्षको तुलनामा गति सुस्त
  • २०७५ बैशाख २०, ०६: २०

काठमाडौँ : चालु वर्ष असार महिना सकिन लाग्दासम्म देशभर धान रोपाइँ करिब ५५ प्रतिशत पुगेको छ। कृषि तथा पशुपन्छी विकास...

पर्यटन प्रवर्द्धनमा सरकार सक्रिय, होटल व्यवसायीका चिन्ता सम्बोधन हुने प्रधानमन्त्री शाहको विश्वास
पर्यटन प्रवर्द्धनमा सरकार सक्रिय, होटल व्यवसायीका चिन्ता सम्बोधन हुने प्रधानमन्त्री शाहको विश्वास
  • २०७५ बैशाख २०, ०६: २०

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपालको पर्यटन प्रवर्द्धनका लागि सरकारले तीव्र गतिमा काम अघि बढाइरहेको बताउँदै होटल व्यवसायीहरूले उठाउँदै आएका समस्या...