अप्टिकल फाइबरको काम रोक्न प्रम ओलीको निर्देशन – Naya Bikalpa
April 19, 2026, Sunday      Epaper

अप्टिकल फाइबरको काम रोक्न प्रम ओलीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो इच्छा वा सहमति बेगर अघि बढाइएका काम कारबाहीलाई रोकेर जिम्मेवार सरकारी अधिकारीलाई तर्साउने काम गर्न थालेका छन् । उनले आफ्नो मन्त्रिपरिषद्का सदस्यको जिम्मेवारी भित्र पर्ने काममा समेत आफै हात हाल्न थालेका छन् ।

यसअघि नै राष्ट्रिय अनुसन्धान विभाग, राजश्व अनुसन्धान बिभाग र एनजीओको अनुगमन आफ्नै मातहत ल्याएर आफूलाई सर्वाधिक शक्तिशाली देखाउने काम गरेका ओलीले नेपालको टेलिकमको क्षेत्रमा उल्लेख्य बृद्धि भइरहेको बेला अन्य बाहाना देखाएर टेलिकमले गरिरहेको अप्टिकल फाइबरको काममा हस्तक्षेप गरेका छन् । उनले सो कामप्रति असन्तुष्टि जनाउँदै सो कामका बारेमा गुनासा आएकोले त्यो काम जहाँ पुगेको छ त्यहीँ रोक्नुहोस भन्दै निर्देशन दिएका छन् ।

ओलीले त्यसका बारेमा थप बुझेपछि कसरी अगाडि बढ्ने छलफल गरौँला भनेर नेपाल टेलकमको नेतृत्वलाई थप मानसिक दबाबमा राखेका छन् । प्रधानमन्त्री ओलीले टेलिकमलाई प्रतिष्पर्धामा अगाडि आउने भन्दा पछाडि पर्ने लक्षण देखिएको भन्दै सेवामा सुधार गर्न समेत टेलिकमको व्यवस्थापनलाई निर्देशन दिएका छन् । उनले सेवा सुधारको प्रस्ताव ल्याउन र चुहावट रोक्ने प्रस्ताव ल्याउन र अनियमितता नगर्न तथा त्यस्तो गर्नेलाई नछोड्न निर्देशन दिएका छन् ।

प्रधानमन्त्री ओलीले शुक्रबार मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा टेलिकमको प्रगति विवरण सुनेपछि नेपाल टेलिकमको सेवालाई व्यवस्थित, प्रभावकारी, उपभोक्तामैत्री एवं गुणस्तरीय बनाउन सेवालाई प्राथमिकतामा राख्नु पर्ने वताए । उनले टेलिकमभित्र मुसा वा मुसा प्रवृत्तिले सेवा अवरुद्ध हुने अवस्था आउनु दुःखद् रहेको उल्लेख गर्दै भने, ूटेलिकमभित्र यस्ता प्रवृत्ति हावी भएको देखिन्छ । यसको अन्त्य हुनुपर्छ र जनताले स्तरीय सेवा पाउनुपर्छ ।

प्रधानमन्त्री ओलीले टेलिकमका प्राविधिक शाखामा २४ सै घण्टा सेवा कर्मचारी खट्नुपर्ने र त्यस्ता शाखामा कर्मचारीको समय तालिका मिलाएर एकछिन पनि खाली नगर्न प्रधानमन्त्रीले निर्देशन दिए । टेलिकम नाफाका लागिमात्र नभएर जनताको सेवाका लागि स्थापना गरिएको संस्था भएको प्रधानमन्त्री ओलीको भनाइ छ । प्रधानमन्त्रीले ओलीले प्रधानमन्त्रीका मूख्य सल्लाहकार विष्णु रिमाल, सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुल बास्कोटा, नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीलगायतलाई बोलाएर यस्तो निर्देशन दिएका हुन् ।

सम्बन्धित समाचार

सरकारी कर्मचारीलाई अब १५–१५ दिनमै तलब
सरकारी कर्मचारीलाई अब १५–१५ दिनमै तलब
  • २०७५ बैशाख २०, ०६: २७

काठमाडौं : सरकारले सरकारी कर्मचारीहरूको तलबभत्ता भुक्तानी प्रणालीमा महत्वपूर्ण परिवर्तन गर्दै अब अर्धमासिक रूपमा रकम उपलब्ध गराउने निर्णय गरेको छ ।...

नतिजा सार्वजनिक भएको दुई साताभित्रै ट्रान्सक्रिप्ट उपलब्ध गराइने
नतिजा सार्वजनिक भएको दुई साताभित्रै ट्रान्सक्रिप्ट उपलब्ध गराइने
  • २०७५ बैशाख २०, ०६: २७

काठमाडौँ : देशका विश्वविद्यालयहरूले परीक्षाफल सार्वजनिक गरेपछि १५ दिनभित्र विद्यार्थीलाई ट्रान्सक्रिप्ट उपलब्ध गराउने व्यवस्था लागू गर्ने सहमति गरेका छन् ।...

कर्णाली नदीमा बेपत्ता दुई जनाको शव फेला
कर्णाली नदीमा बेपत्ता दुई जनाको शव फेला
  • २०७५ बैशाख २०, ०६: २७

काठमाडौँ : तुर्माखाँद गाउँपालिका-३ भैरवस्थानस्थित बल्दे नजिकै कर्णाली नदीमा बेपत्ता दुई जनाको शव फेला परेको छ । तुर्माखाँद गाउँपालिका-३ का...