काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो इच्छा वा सहमति बेगर अघि बढाइएका काम कारबाहीलाई रोकेर जिम्मेवार सरकारी अधिकारीलाई तर्साउने काम गर्न थालेका छन् । उनले आफ्नो मन्त्रिपरिषद्का सदस्यको जिम्मेवारी भित्र पर्ने काममा समेत आफै हात हाल्न थालेका छन् ।
यसअघि नै राष्ट्रिय अनुसन्धान विभाग, राजश्व अनुसन्धान बिभाग र एनजीओको अनुगमन आफ्नै मातहत ल्याएर आफूलाई सर्वाधिक शक्तिशाली देखाउने काम गरेका ओलीले नेपालको टेलिकमको क्षेत्रमा उल्लेख्य बृद्धि भइरहेको बेला अन्य बाहाना देखाएर टेलिकमले गरिरहेको अप्टिकल फाइबरको काममा हस्तक्षेप गरेका छन् । उनले सो कामप्रति असन्तुष्टि जनाउँदै सो कामका बारेमा गुनासा आएकोले त्यो काम जहाँ पुगेको छ त्यहीँ रोक्नुहोस भन्दै निर्देशन दिएका छन् ।
ओलीले त्यसका बारेमा थप बुझेपछि कसरी अगाडि बढ्ने छलफल गरौँला भनेर नेपाल टेलकमको नेतृत्वलाई थप मानसिक दबाबमा राखेका छन् । प्रधानमन्त्री ओलीले टेलिकमलाई प्रतिष्पर्धामा अगाडि आउने भन्दा पछाडि पर्ने लक्षण देखिएको भन्दै सेवामा सुधार गर्न समेत टेलिकमको व्यवस्थापनलाई निर्देशन दिएका छन् । उनले सेवा सुधारको प्रस्ताव ल्याउन र चुहावट रोक्ने प्रस्ताव ल्याउन र अनियमितता नगर्न तथा त्यस्तो गर्नेलाई नछोड्न निर्देशन दिएका छन् ।
प्रधानमन्त्री ओलीले शुक्रबार मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा टेलिकमको प्रगति विवरण सुनेपछि नेपाल टेलिकमको सेवालाई व्यवस्थित, प्रभावकारी, उपभोक्तामैत्री एवं गुणस्तरीय बनाउन सेवालाई प्राथमिकतामा राख्नु पर्ने वताए । उनले टेलिकमभित्र मुसा वा मुसा प्रवृत्तिले सेवा अवरुद्ध हुने अवस्था आउनु दुःखद् रहेको उल्लेख गर्दै भने, ूटेलिकमभित्र यस्ता प्रवृत्ति हावी भएको देखिन्छ । यसको अन्त्य हुनुपर्छ र जनताले स्तरीय सेवा पाउनुपर्छ ।
प्रधानमन्त्री ओलीले टेलिकमका प्राविधिक शाखामा २४ सै घण्टा सेवा कर्मचारी खट्नुपर्ने र त्यस्ता शाखामा कर्मचारीको समय तालिका मिलाएर एकछिन पनि खाली नगर्न प्रधानमन्त्रीले निर्देशन दिए । टेलिकम नाफाका लागिमात्र नभएर जनताको सेवाका लागि स्थापना गरिएको संस्था भएको प्रधानमन्त्री ओलीको भनाइ छ । प्रधानमन्त्रीले ओलीले प्रधानमन्त्रीका मूख्य सल्लाहकार विष्णु रिमाल, सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुल बास्कोटा, नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीलगायतलाई बोलाएर यस्तो निर्देशन दिएका हुन् ।
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन् । ३...