जोशीको परिवारले सरकारले उपलब्ध गराउने १० लाख उपचार खर्च नलिने – Naya Bikalpa
May 1, 2026, Friday      Epaper

जोशीको परिवारले सरकारले उपलब्ध गराउने १० लाख उपचार खर्च नलिने


नयाँ बिकल्प,

काठमाडौं – नर्भिक इन्टरनेसनल अस्पताल थापाथलीमा विगत तीन सातादेखि उपचार गराई रहेका नेपाली कांग्रेसका नेता नबिन्द्र राज जोशीको परिवारले सरकारले उपलब्ध गराएको उपचार खर्च अस्वीकार गरेको छ ।

जोशीका स्वकिय सचिव पुष्कर पाण्डेले सरकारले उपचार खर्च दिन्छु भनेर ‘अनर’ गरेकोमा सरकारलाई धन्यवाद दिँदै सो रकम अश्विकार गर्ने निर्णयमा परिवारका सदस्यहरु पुगेको जानकारी दिए ।

‘सरकारकै मन्त्रीले हामी उपचारमा सहयोग गर्दछौं भनेर जानुभएको हो। चैत ५ गते बिहीबार मन्त्रीपरिषद् बैठकले १० लाख रुपैयाँ दिने भनेर निर्णय गरेको भनी हामीलाई प्रधानमन्त्री कार्यालयबाटै खबर आएको हो’, पाण्डेले भने ।

नेता जोशीले १० लाख रुपैयाँ बीर अस्पताललाई उपलब्ध गराई विपन्न बर्गको स्वास्थ्य उपचार होस भनेर कोष नै स्थापना गरेको दृष्टान्त दिँदै पाण्डेले परिवारको चाहना अस्पतालको उपचार खर्च सरकारले व्यहोरस भन्ने चाहाना पुरा नभएपछि त्यो सहयोग रकम नलिने निर्णय गरेको स्पस्ट पारे ।

जोशीको स्वास्थ्य अवस्थामा सुधार ल्याउन डाक्टरहरुले प्रयास गरिरहे पनि अवस्था जटिल र नाजुक रहेको पाण्डेले बताए । जोशीलाई बाहिर लगेर उपचार गराउने परिवारका सदस्यको चाहना भए पनि अस्पतालका चिकित्सकले बाहिर लाने अनुमति नदिएको बताए ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य, नेविसंघका पूर्वमहामन्त्री तथा काठमाडौं महानगरपालिकाका पूर्व उपमेयर जोशीले उद्योग मन्त्रीको रुपमा खेलेको भूमिका स्मरणीय र उल्लेख्य भएको मानिन्छ ।

सम्बन्धित समाचार

राष्ट्रपतिले जारी गरे सम्पत्ति शुद्धीकरणसम्बन्धी अध्यादेश
राष्ट्रपतिले जारी गरे सम्पत्ति शुद्धीकरणसम्बन्धी अध्यादेश
  • २०७७ चैत्र ८, १४: ४०

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश-०८३ जारी गरेका छन् । शुक्रबार राष्ट्रपति पौडेलले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ)...

नेपाल–अमेरिका आर्थिक सहकार्य सुदृढ बनाउने विषयमा अर्थमन्त्री वाग्ले र अमेरिकी विशेष दूत गोरबीच भेट
नेपाल–अमेरिका आर्थिक सहकार्य सुदृढ बनाउने विषयमा अर्थमन्त्री वाग्ले र अमेरिकी विशेष दूत गोरबीच भेट
  • २०७७ चैत्र ८, १४: ४०

काठमाडौँ — अर्थमन्त्री स्वर्णिम वाग्ले र दक्षिण तथा मध्य एसियाका लागि डोनाल्ड ट्रम्पका विशेष दूत सर्जियो गोरबीच भेटवार्ता भएको छ। शुक्रबार...

दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन तीव्र, अस्थायी बसोबासको तयारी
दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन तीव्र, अस्थायी बसोबासको तयारी
  • २०७७ चैत्र ८, १४: ४०

काठमाडौं — दशरथ रंगशालामा सुकुमवासीहरूको विवरण संकलन कार्य तीव्र गतिमा अघि बढाइएको छ। सहरी व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यसहित विभिन्न स्थानबाट...