काठमाडौं । सिभिल बैंकले ग्राहकहरुको सुविधाको लागि “घरमै बसिबसि बैंकिङ्ग खुशी खुशी” भन्ने नाराका साथ सिभिल ट्याब बैंकिङ सेवा शुरु गरेको छ । गएको बुधबार आयोजित एक समारोहबीच, मुख्य अतिथि नेपाल राष्ट्र बैंकका डेप्युटी गभर्नर शिवराज श्रेष्ठले ट्याबमा क्लिक गरेर सेवाको सुरुवात गरेका छन् ।
सूचना प्रविधिलाई उपयोग गरी ग्राहकहरुलाई सहज बैंकिङ सुविधाहरु घर–दैलोमै उपलब्ध गराउने उद्देश्य अनुरुप यो सेवाको सुरुवात गरिएको हो । सिभिल ट्याब बैंकिङसेवा लिन चाहने ग्राहकहरुले आफ्नो घर, अफिस वा आफूले चाहेकै स्थानमाझन्झट रहित तरिकाले खाता खोल्न, चेक डिपोजिट गर्न तथा अन्य बैंकिङ्ग सुविधाहरु लिन सक्ने बताएको छ ।
उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले, सहजै खाता खोल्न र आफूले चाहेकै ठाउँबाट बैंकिङ्ग सेवा सुविधाहरु लिन चाहने धेरै भन्दा धेरै ग्राहकहरु यस सेवाबाट लाभान्वित हुने कुरामा विश्वस्त भएको बताए । सिभिल बैंकले हालसम्म रु.३६.९६ अर्व निक्षेप परिचालन गरिसकेको छ भने रु.३६.२८ अर्व कर्जा लगानी गरेको छ । हाल बैंकको कुल शाखा संख्या ६० पुगेकोे बैंकले जनाएको छ ।
काठमाडौं : अर्थमन्त्री स्वर्णिम वाग्लेले संघीय संसद्मा चालु आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण प्रस्तुत गरेका छन् । आर्थिक सर्वेक्षण प्रस्तुत...
काठमाडौं : दुग्ध विकास संस्थान (डिडिसी)ले भुक्तानी नपाएका दुध किसानलाई १२ करोड रुपैयाँ भुक्तानी गरेको छ । पछिल्लो चार महिनाको करिब ५८ करोडमध्ये...
काठमाडौं : स्थानीय बजारमा सुनको मूल्य आज तोलामा रु एक हजारले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला...