
नयाँ विकल्प,
काठमाडाैं-नेपाली कांग्रेसले क्रियाशील सदयस्ता वितरण तथा नवीकरण म्याद फेरी थपेकाे छ ।
वैशाख १५ गते राति १२ बजेभित्र क्रियाशील सदस्यता वितरण गरेर त्यसको विवरण सफ्टवेयरमा इन्ट्री गरिसक्न कांग्रेस केन्द्रीय समिति बैठकले निर्देशन दिएको हो। वैशाख १५ गते राति १२ बजेपछि क्रियाशीलको विवरण सफ्टवेयरमा इन्ट्री गर्न नमिल्ने कांग्रेसले जनाएकाे छ ।
त्यसपछि क्रियाशील सदस्यता लिएकाहरू अधिवेशन तथा महाधिवेशनमा भाग लिन योग्य नहुने समेत कांग्रेसले जनाएकाे छ । कांग्रेसले चार जिल्लालाई भने वैशाख मसान्तसम्म क्रियाशील सदस्यताको काम गर्ने समय दिएको छ।समायोजन विवाद देखिएका सिन्धुपाल्चोक र सप्तरीमा वैशाखभित्र क्रियाशील सदस्यता वितरण र नवीकरण गरिसक्नुपर्नेछ।
साथै बारा र सोलुखुम्बुमा केही दिनअघि मात्रै क्रियाशील बाँड्न थालेकाले वैशाखसम्म समय दिइएको हो। अर्घाखाँची जिल्ला कार्यसमितिले भने पहिले नै क्रियाशील सदस्यता बाँडेर केन्द्रमा विवरणसमेत बुझाइसकेको थियो। यहाँ क्रियाशील सदस्यता वितरणमा विवाद देखिएको पनि छैन।
७२ जिल्लामा हिजोआज क्रियाशील वितरण र नवीकरण गरेर विवरण सफ्टवेरमा इन्ट्री गर्ने काम भइरहेको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ।
अहिलेसम्म सफ्टवेयरमा ६ लाखभन्दा बढी क्रियाशील सदस्यको विवरण इन्ट्री भइसकेको छ। कांग्रेसले १४ औं महाधिवेशनमा क्रियाशील सदस्यको संख्या १० लाख पु्र्याउने जनाएकाे छ ।
यसअघि चार लाख ८० हजार हाराहारीमा कांग्रेस क्रियाशील सदस्य थिए। यसविचमा नेपाल लोकतान्त्रिक फोरम र राप्रपाकाे शुनिललबहादुर थापा पक्षका नेता कार्यकर्तालाइ समेत क्रियाशिल सदस्यता वितरण गर्ने तयारी कांग्रेसकाे छ ।
वीरगञ्ज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक समावेशिता र संघीयताको अभ्यासमा गएपछि प्रजातन्त्र थप बलियो बनेको बताएका छन् ।...
बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....
१.प्रमुख चाडबाडको मौसम गयो नेपालीहरुको सबैभन्दा ठुलो मानिएको चाड दसैँ हो । त्यो पनि गयो ।अर्को चाड तिहार हो...