
नयाँ बिकल्प,
काठमाडौं केपाल विद्यार्थी संघले स्वास्थ्य जस्तो अत्यन्त संवेदनशील विषय, स्वास्थ्य सामाग्री खरिद र खोपमा समेत सरकार आफैं ब्यापार र कमिशनको चक्करमा फसेर अकुत आर्जनमा लिप्त हुनु अत्यन्तै लज्जाजनक र खेदजनक भएको जनाएको छ ।
कमिशन नमिलेकै कारण प्रधानमन्त्री केपी शर्मा ओली निकट व्यवसायीहरु र स्वास्थ्य मन्त्री समेतको हर्कत बाहिरिएपछि नेपाल विद्यार्थी संघका महामन्त्री बलदेव तिमल्सिनाले शुक्रबार एक बिज्ञप्ती जारी गर्दै प्रधानमन्त्री निकट व्यापारीहरु बिजय दुगड, सुरज बैद्य, रिता बैद्य लगाएतले कमिशन नमिलेकै कारण कोरोना भ्याक्सिन रोकेको खबरले सबैलाई लज्जित बनाएको बताएका छन् ।
महामन्त्री तिमल्सिनाले पहिलो चरणको महामारीका समयमा समेत वर्तमान सरकारले ठूलो आर्थिक चलखेल गरी प्रधानमन्त्री ओली निकट ओम्नी समूहलाई स्वास्थ्य सामाग्रीको खरिदको जिम्मा दिईएको कुरा स्मरण गराउँदै अहिले फेरि सोही प्रकृतिको हर्कत दोहोरिनु अत्यन्तै अत्यन्तै निकृष्ट कार्य भएको बताएका छन् ।
वर्तमान सरकरको स्वास्थ्य सामाग्री खरिदमा भएको करोडौं रुपैयाँको चलखेल अक्षम्य रहेको भन्दै उनले अत्यावश्यक खोपमा पनि सरकार ब्यापारमा मस्त हुनु र आफ्ना माफिया एजेन्ट मार्फत कमिसन र ब्यापारमा निर्लज्ज ढंगले संलग्न हुनुले सरकार जनताको स्वास्थ्यमा कति संबेदनसिल छ अझ प्रष्ट भएको बताएका छन् ।
सरकारी निर्णय बमोजिम अब सेरमकै दुई डोज खोपका लागि नेपाली नागरिकले व्यापारिक कम्पनीलाई ३४ सय १८ रुपैयाँ भुक्तान गर्नुपर्नेछ । त्यस्तै, भारत बायोटेकको कोभ्याक्सिन दुई डोज लगाउन ५,२०० रुपैयाँ मूल्य तोकिएको छ।
सरकारले भारतको सेरम इन्स्टिच्युट अफ लाइफ साइन्सबाट प्रतिडोज चार डलर अर्थात चार सय ७२ रुपैयाँमा खोप ल्याएको थियो । तर, अब भने जनताबाट प्रतिडोज १७ सय नौ रुपैयाँ शुल्क उठाउन हुकमले स्वास्थ्य सेवा विभागबाट अनुमति पाएको छ ।
कोभ्याक्सिनको मूल्य एकै डोजको २६ सय छ भने दुई डोज लगाउँदा ५२ सय रुपैयाँ पर्नेछ । स्पुतनिक ‘भी’को मूल्य दुई डोजको मूल्य ३८ सय ८५ रुपैयाँ कायम गरिएको छ । भेरोसेलले प्रतिडोज मूल्य १५।२ डलर अर्थात् १७ सय ९३ रुपैयाँ प्रस्ताव भएको थियो ।
दुई डोजको ३५ सय ८६ रुपैयाँमा आउने भेरोसेलको प्रस्ताव स्थगित गरेर सरकारले ५२ सय रुपैयाँको कोभ्याक्सिनलाई अनुमति दिनुले पनि सरकारी सम्लग्नता र संरक्षण प्रमाणित भएको संघका महामन्त्री तिमल्सिनाले बताएका छन ।
प्रधानमन्त्रीकै छत्रछायाँमा रहेका ब्यवसायीहरुले जनस्वास्थ्य माथिको यति ठूलो अपराध र बेईमानी केबल प्रधानमन्त्री कै आड र भरोसामा मात्र संभव भएको भन्दै संघका महामन्त्री बलदेव तिमल्सिना ले स्वास्थ्य सामाग्री खरिद र खोपमामा भएको भ्रष्टाचारको नैतिक जिम्मेवारी प्रधानमन्त्री ओलीले लिनु पर्ने बताए ।
काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को...
काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानअन्तर्गतको बाल अधिकार उपसमितिले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई कुनै पनि...
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सहमहामन्त्रीमा नेताहरू हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित भएका छन् । चितवनको...