युवा पत्रकार दिनेश दाहालको कोरोनाबाट निधन – Naya Bikalpa
November 16, 2026, Monday      Epaper

युवा पत्रकार दिनेश दाहालको कोरोनाबाट निधन

नयाँ बिकल्प,
काठमाडौं । युवा पत्रकार दिनेश दाहालको ४० बर्षको उमेरमा शनिबार राजधानीमा निधन भएको छ । कोरोना संक्रमणपछि धापाखेलस्थित सुमेरु अस्पतालमा गत बैशाख १० गते भर्ना भएर उपचार गराई रहेका दाहालको शनिबार निधन अस्पतालमै निधन भएको हो ।

बैशाख १ गते कोरोना संक्रमण पुष्टि भएका दाहाललाई स्वास प्रस्वासमा समस्या देखिएपछि सुमेरु अस्पतालले शुरुमा अक्सिजन दिएर राखिएको थियो । कोरोना संक्रमणसँगै निमोनिया देखिएपछि उनलाई भेन्टिलेटरमा राखिएको थियो । केही दिनअघि मात्र कोरोना परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएपनि निमोनिया ठीक नभएपछि उनको निधन भएको अस्पतालले जनाएको छ ।

जनप्रहार साप्ताहिकका पूर्वसम्पादक दाहाल केही समय कमाण्डरपोष्ट दैनिकमा समेत संलग्न थिए । हाल सिटिजन पोष्ट डटकमका सम्पादक थिए । काभ्रेको भकुण्डेबेसी मेथिनकोट घर भएका दाहालका श्रीमती एक छोरा र एक छोरी छन् । तीन वर्षअघि मात्र दाहालले एक पुत्र गुमाएका थिए ।

उनको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक कुशल र जुझारु युवा पत्रकार गुमाएको नेपाल पत्रकार महासंघले जनाएको छ । महासंघका महासचिव रोशन पुरीले विज्ञप्ति जारी गर्दै शोकको यस घडीमा शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् ।

हाल कागेश्वरी मनहरा नगरपालिकाको दक्षिण ढोका बस्दै आएका दाहाल सांगीतिक क्षेत्र, खेलकुदका साथै समाजसेवामा पनि योगदान र संलग्नता थियो । उनकै शनिबार नै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको थियो ।

नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेशका महासचिव रामकुमार शाहीले स्वर्गीय पत्रकार दाहालप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरेका छन् ।

सम्बन्धित समाचार

बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
  • २०७८ बैशाख २५, २२: १४

बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....

हाम्रा सडक र वाहन यात्रुका अकालमा ज्यान लिने एम्बुस किन बन्दैछन् ?
हाम्रा सडक र वाहन यात्रुका अकालमा ज्यान लिने एम्बुस किन बन्दैछन् ?
  • २०७८ बैशाख २५, २२: १४

  १.प्रमुख चाडबाडको मौसम गयो नेपालीहरुको सबैभन्दा ठुलो मानिएको चाड दसैँ हो । त्यो पनि गयो ।अर्को चाड तिहार हो...

भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
  • २०७८ बैशाख २५, २२: १४

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...