नेकपा एमालेका यी सांसद, जाे प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासकाे मतदान दिएनन् – Naya Bikalpa
November 16, 2026, Monday      Epaper

नेकपा एमालेका यी सांसद, जाे प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासकाे मतदान दिएनन्

नयाँ विकल्प

काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासकाे मत लिने संसदमा नेकपा एमालेकै सांसदहरू अनुपस्थित भएका छन् । माधव नेपाल झलनाथ खनाल सहित एमालेका ३३ सांसद अनुपस्थित रहेपछि प्रधानमन्त्री केपी शर्मा ओलीकाे विश्वासकाे मत लिन असफल हुने लगभग निश्चित भैसकेकाे छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा लिन लागेको विश्वासको मतकाे पक्ष विपक्षमा मतदान भर्खरै सकिएकाे छ । अब पक्ष र विपक्षमा खसेका मत गणना हुँदै छ ।

यी सांसद जाे विश्वासकाे मतदानमा सहमागी बनेनन्

अाफ्नै पार्टीकाे अध्यक्ष तथा प्रधानमन्त्री केपी अाेलीलाइ विस्वासकाे मतदानमा बहिस्कार गर्नेमा इलाम १ बाट सांसद झलनाथ खनाल, काठमाडौं २ बाट माधवकुमार नेपाल, ताप्लेजुङबाट योगेश भट्टराई, सुनसरी १ जयकुमार राई छन् ।

त्यस्तै भवानी खापुङ तेह्रथुम, यज्ञराज सुनुवार ओखलढुंगा, गणेश पहाडी सिन्धुली १, पवित्रा निरौला खरेल झापा २, जीवनराम श्रेष्ठ काठमाडौं ८ प्रधानमन्त्री अाेलीले लिने विश्वासकाे मतदानमा सहभागी भएनन् ।

यसैगरि नारायण खतिवडा नुवाकोट १, विरोध खतिवडा मकवानपुर २, सुरेन्द्र पाण्डे चितवन १, घनश्याम भुसाल रूपन्देही ३ , मेटमणी चौधरी दाङ १, हिराचन्द्र केसी दाङ ३ , दिपकप्रकाश भट्ट कञ्चनपुर ३, झपट रावल कैलाली २, भीम रावल अछाम १, कृष्णलाल महर्जन ललितपुर २ बाट नेकपा एमालेका सांसदले मतदान बहिस्कार गरेका छन्

त्यस्तै सोमप्रसाद पाण्डे पाल्पा २, समानुपातिक सांसद रामकुमारी झाँक्री गुल्मी, बिनादेवी बुढाथोकी मगर कञ्चनपुर, मुकुन्द न्यौपाने काठमाडौं, कल्याणीकुमारी खड्का रौतहट, लक्ष्मीकुमारी चौधरी कैलाली, गंगा चौधरी सत्गौवा दाङ , निरादेवी जैरु डडेलधुरा, समिना हुसेन रौतहट, पुष्पाकुमारी कर्ण यादव पर्सा सरलाकुमारी यादव रौतहट कालिला खान, तनहुँले बैठक बहिस्कार गरेका छन् ।

सम्बन्धित समाचार

समावेशिता र संघीयताले प्रजातन्त्रलाई बलियो बनाएको छ : गगन थापा
समावेशिता र संघीयताले प्रजातन्त्रलाई बलियो बनाएको छ : गगन थापा
  • २०७८ बैशाख २७, १७: ५०

वीरगञ्ज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक समावेशिता र संघीयताको अभ्यासमा गएपछि प्रजातन्त्र थप बलियो बनेको बताएका छन् ।...

बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
  • २०७८ बैशाख २७, १७: ५०

बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....

भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
  • २०७८ बैशाख २७, १७: ५०

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...