एनआरएन अमेरिकाको महासचिवकाे उम्मेद्वारमा सुवेदी, यस्ता छन् एजेण्डा ! – Naya Bikalpa
November 16, 2026, Monday      Epaper

एनआरएन अमेरिकाको महासचिवकाे उम्मेद्वारमा सुवेदी, यस्ता छन् एजेण्डा !

नयाँ विकल्प

काठमाडाैं- गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकामा रहेका नेपालीहरुलाई यतिबेला चुनाव लागेको छ । एनआरएनएकाे राष्ट्रिय समन्वय परिषद् (एनसीसी) को आसन्न निर्वाचनका उम्मेदवारहरु प्रचार अभियानमा व्यस्त छ ।

यसैबीच एनआरएन अमेरिकाको एनसीसीको महासचिवका लागि दोलखा घर भई नर्थ क्यारोलिना बस्दै आएका नवराज सुवेदीले प्रचार अभियान तीव्र बनाएका छन् ।

तीन बुँदे मुख्य एजेण्डा घोषणा गर्दै प्रचारमा अभियानमा सक्रिय महासचिव पदका प्रत्याशी सुवेदी आफू निर्वाचित भए एनआरएनको गरिमा बढाउनेगरी काम गर्ने बताउँछन् ।

“मेरो उम्मेदवारी अमेरिकामा रहेका नेपालीहरुलाई साझा हितका लागि गोलबन्द गर्न, एनआरएन अमेरिकालाई राजनीतिक प्रतिशोधमुक्त र पारदर्शी बनाउनका लागि हो । यो एजेण्डा सबैको साझा भएकोले सबैले सहयोग गर्नेमा विश्वस्त छु”, सुवेदीले भनेका छन् ।

उनले अमेरिकामा स्थायी बसोबास अनुमति प्राप्त गर्ने सबै नेपालीले स्वतः एनआरएनको सदस्यता प्राप्त गर्ने व्यवस्था गर्नुपर्नेमा जोड दिएका छन् ।

एनआरएनमा राजनीतिक आस्थाका आधारमा बढेको विभाजनले संस्थालाई कमजोर बनाउँदै लगेको भन्दै सुवेदीले एकताबद्ध एनआरएन बनाउन महासचिवका रुपमा भूमिका निर्वाह गर्न आफू आतुर रहेको बताए ।

अमेरिका पुग्ने नेपालीलाई प्रारम्भिक दिनमा पर्ने समस्या समाधानमा आफूले विशेष जोड दिने भन्दै सुवेदीले अमेरिकाका ५० वटै राज्यमा संगठन विस्तार गर्ने र सामाजिक कार्यलाई पनि तीव्रता दिने बताए ।

आफू महासचिव भएपछि हरेक महिनाको पहिलो शनिबार संस्थाका कामकारवाहीबारे सार्वजनिक सुनुवाई गर्ने सुवेदीको योजना छ ।

“महासचिव भएपछि २ वर्षे कार्यकालको पूर्ण कार्यतालिका पहिले नै सार्वजनिक गरेर काम गर्छु । एनआरएन अमेरिकालाइृ प्रभावकारी बनाउन सबै नेपाली दाजुभाईको सल्लाह सुझाव समेटेर अगाडि बढ्छु”, सुवेदी भन्छन् ।

अमेरिकामा रहेरपनि नेपालमा विभिन्न सामाजिक कार्य गर्दै आएका सुवेदीले दोलखाको भीमेश्वरमा संग्रहालय निर्माणमा विशेष सहयोग गरेका छन् ।

त्यस्तै शिक्षा, स्वास्थ्य लगायतका विभिन्न क्षेत्रमा सुवेदीले आर्थिक तथा सामाजिक सहयोग गर्दै आएका छन् । एनआरएन अमेरिकाको महासचिव बनेमा अमेरिकामा रहेका नेपालीहरुलाई मातृभूमिमा सामाजिक कार्य गर्न संस्थागत रुपमै प्रोत्साहन गर्ने सुवेदीको योजना छ ।

सम्बन्धित समाचार

समावेशिता र संघीयताले प्रजातन्त्रलाई बलियो बनाएको छ : गगन थापा
समावेशिता र संघीयताले प्रजातन्त्रलाई बलियो बनाएको छ : गगन थापा
  • २०७८ जेष्ठ १, १०: २१

वीरगञ्ज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक समावेशिता र संघीयताको अभ्यासमा गएपछि प्रजातन्त्र थप बलियो बनेको बताएका छन् ।...

बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
  • २०७८ जेष्ठ १, १०: २१

बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....

भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
  • २०७८ जेष्ठ १, १०: २१

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...