
नयाँ विकल्प,
काठमाडौं । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीमा बेपत्ता भएकामध्ये ६ जनाको पहिचान खुलेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार बेपत्ता हुनेमा हेलम्बु–२ का ३१ वर्षे माधव भण्डारी, ४२ वर्षे गणेश ज्योति, हेलम्बु–३ की १३ वर्षीया टीकामाया खड्का, हेलम्बु–७ का ज्ञानेन्द्र कक्षपति, चौतारा साँगाचोकगढी नगरपालिकाका २३ वर्षे समुन्द्र नेपाल र हेलम्बु–६ का च्याङ्बा तामाङ रहेका छन्।
बाढीमा परेर निधन भएका ६ जनाको शवको भने पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।
मेलम्ची नदी किनारका बस्ती सबै बाढीले पुरेकाले कति मानिस हराएका छन् भन्ने अझै यकीन गर्न सकिएको छैन। बिजुली आपूर्ति बन्द रहेको र सञ्चार सम्पर्क पनि टुटेका कारण सूचना संकलनमा समस्या भइरहेको प्रहरीले जनाएको छ।
बाढीले ३ वटा पक्की र एउटा झोलुङ्गे पुल बगाएको छ। हेलम्बु गाउँपालिका वडा नम्बर २ का अध्यक्ष छिरिङ ग्याल्बु लामाले मेलम्ची नदी किनारका झण्डै दुई दर्जन घर बगाएको बताए।
पानीको बहाब मेलम्ची खोलामा अझै घटेको छैन । नदीले धार परिवर्तन बारम्बार गरिहेकोले जोखिम कायम रहेको स्थानीयवासीहरु बताउँछन्।
बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....
१.प्रमुख चाडबाडको मौसम गयो नेपालीहरुको सबैभन्दा ठुलो मानिएको चाड दसैँ हो । त्यो पनि गयो ।अर्को चाड तिहार हो...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...