उपत्यकामा मंगलबारबाट एक साता लकडाउन थपिने, भाडाका सवारी जोर–विजोर चल्ने – Naya Bikalpa
November 16, 2026, Monday      Epaper

उपत्यकामा मंगलबारबाट एक साता लकडाउन थपिने, भाडाका सवारी जोर–विजोर चल्ने

नयाँ बिकल्प,

काठमाडौं । उपत्यकाका तीन जिल्लामा मंगलबारबाट जोर–विजोर प्रणालीका आधारमा सार्वजनिक यातायात चलाउन दिने गरी फेरि एक साता लकडडाउनको समय थप गर्ने तयारी भएको छ।

काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको आइतबार बसेको बैठकमा सार्वजनिक यातायात चलाउन दिने विषयमा छलफल भए पनि कति सिटसम्म यात्रु राखेर चलाउन दिने भन्ने विषयमा भने टुंगो लागेको छैन् ।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले यस विषयमा सोमबार बिहान ९ बजे पुनः बस्ने बैठकले निर्णय गर्नेछ।

आइतबारसम्म काठमाडौं उपत्यकाको निषेधाज्ञाको मोडलबारे सीसीएमसी र गृहमन्त्रालयको निर्णय आइनसकेकाले निषेधाज्ञाको विषयमा प्रमुख जिल्ला अधिकारी तहबाटै टुंग्याइने भएको छ।

काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले ‘निषेधाज्ञा थप्ने विषयमा सबै एकमत भए पनि सवारीसाधनको विषयमा टुंगो लागेको छैन ।

कोरोना संक्रमण निरन्तर घटेको र यातायात व्यवसायी तथा मजदुर संगठनले पनि निरन्तर दबाव दिएकाले सार्वजनिक सवारी सञ्चालनका लागि सिफारिस गरिएको हो।

उपत्यकाको प्रशासन कार्यालयले १६ वैशाखदेखि लगाएको निषेधाज्ञा पछिल्लो पटक ७ असारमा एक साताका लागि थप्ने निर्णय भएको थियो । थपिएको निषेधाज्ञाको अवधि सोमबार राति १२ बजेबाट सकिँदैछ।

प्रशासनले सबै प्रकारका सभा सम्मेलन, सैलुन, क्लब, ब्यूटी पार्लर, जिमलगायतमा लगाएको रोक कायमै रहनेछ । खुलास्थानमा धेरै मानिस भेला हुन, सार्वजनिक स्थान र बाटोमा तरकारी तथा फलफूल बिक्री गर्न र शैक्षिक संस्था खोल्न प्रतिबन्ध लगाइएको छ।

सम्बन्धित समाचार

बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
  • २०७८ असार १३, २३: ०९

बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....

हाम्रा सडक र वाहन यात्रुका अकालमा ज्यान लिने एम्बुस किन बन्दैछन् ?
हाम्रा सडक र वाहन यात्रुका अकालमा ज्यान लिने एम्बुस किन बन्दैछन् ?
  • २०७८ असार १३, २३: ०९

  १.प्रमुख चाडबाडको मौसम गयो नेपालीहरुको सबैभन्दा ठुलो मानिएको चाड दसैँ हो । त्यो पनि गयो ।अर्को चाड तिहार हो...

भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
  • २०७८ असार १३, २३: ०९

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...