नयाँ बिकल्प, काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आज मदन भण्डारी जन्म जयन्तीको कार्यक्रममा बोल्दै विपक्षी राजनीतिक दलका शीर्ष नेता, सर्वोच्च अदालत न्यायाधीश र बुद्धिजीवीहरुको समेत विरोध गरेका छन् । वरिष्ठ नेता माधवकुमार नेपाल प्रचण्डको एउटा मामुली कार्यकर्ता भएको प्रधानमन्त्री ओलीले आरोप लगाए ।
‘मैले धेरै अगाडि भनेको थिएँ , माधव नेपाल भनेको प्रचण्डको एउटा मामुली कार्यकर्ता हुन तर, धाक के लगाएर हिँडेका छन्भने,’ प्रधानमन्त्री ओलीले भने, प्रधानमन्त्री केपी ओलीले मलाई प्रधानमन्त्रीको प्रस्ताव माधव भन्दै हिडेका छन, मलाई बहुला कुकुरले टोकेको छ र ? कोही काम नपाएर, कोही मान्छे नभेटाएर यस्ता मान्छेलाई प्रधानमन्त्रीको प्रस्ताव केपी ओलीले राख्ला ?।’
यस्तै नेपाली काँग्रेसले पनि प्रचण्डपथ नै अँगालेको ओली आरोप लगाएका छन् ।
‘शेरबहादुरजीको प्रधानमन्त्री फेरि हुने उत्कट इच्छाले लोकतान्त्रिक मार्ग छोड्दिनुभयो,’ उनले भने, ‘जनतामाथिको भरोसा छोड्दिनुभयो र केही जालीफटाहाहरु टिपेर कृत्रिम अलोकतान्त्रिक मार्गबाट प्रधानमन्त्री हुने बाटो समाउनुभयो ।’
तिखो शब्द बाण प्रहार प्रयोग गर्ने क्रममा ओलीले सर्वोच्च अदालतले हिंसालाई दुरुत्साहन गर्ने वक्तव्य दिँदा समेत रोक्ने काम नगरेको गुनासो समेत गर्न भ्याए ।
सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ अन्तर्गत धनकौलस्थित छठ घाटमा पुगेर छठ पर्वमा सहभागी भएका...
काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आइतबारको पहिलो खेलमा कर्णाली याक्स विजयी भएको छ । जारी सिजनको आफ्नो अन्तिम...