
नयाँ बिकल्प,
काठमाडौं – नेपालमा कोरोना संक्रमण फेरि बढ्न थालेको छ। पछिल्लो २४ घण्टामा गरिएको स्वाब परिक्षणबाट नेपालमा थप २ हजार ८ सय ९२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
पछिल्ला तीन दिनदेखि नेपालमा संक्रमितको संख्या बढ्न थालेको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार मात्र नेपालमा २ हजार ६ सय ३६ जनामा संक्रमण पुष्टि भएको थियो।
बकी सो दिन ११ हजार ७ सय ४८ जनाको स्वाब परीक्षण भएको थियो। आज भने मंगलबारको भन्दा केही कम अर्थात ११ हजार ५६८ जनामा परीक्षण हुँदा पनि संक्रमितको सख्या बढेको देखिएको छ।
विगत २४ घण्टामा ४१ जनाको मृत्यु भएको छ। यही अवधिमा ३ हजार ५ सय ९७ जना निको भएको मन्त्रालयले जनाएको छ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...