
नयाँ बिकल्प,
काठमाडौं-नेपाल बैंकर्स एसोसिएशनले सामाजिक सञ्जालमार्फत अनधिकृत व्यक्तिले सहयोग गर्ने बहानामा खाताको गोप्य विवरण माग गर्ने गरेको पाइएको छ ।
बैंक तथा वित्तीय संस्थाका ग्राहकहरुलाई रकम पठाउनका लागि भन्दै खाता नम्बर व्यक्तिगत विवरण माग गर्ने गरेको भन्दै ग्राहकहरुलाई सचेत हुन एसोसिएशनले एक विज्ञप्ती जारी गर्दै आग्रह गरेको छ ।
त्यस्ता व्यक्तिले सहयोग गर्ने बहानामा खाताको गोप्य विवरण जस्तै खाता नं., मोबाइल नं., पासवर्ड (OTP) प्राप्त गरी रकमान्तर गर्ने वा गर्न लगाउने जस्ता क्रियाकलाप भइरहेकाले सजग रहन एसोसिएशनले अनुरोध गरेको हो ।
त्यस्तो फोन कल वा कारोबारको शंका लागेमा नजिकैको बैंक शाखामा तुरुन्त सम्पर्क गर्न अनुरोध गरेको छ ।
काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...
काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा सहभागी भएर अर्थमन्त्री डा. स्वर्णिम वाग्ले आज...
काठमाडौं : हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ । मौसम...