माधव समूह यथास्थितिमा केन्द्रीय कमिटी बैठकमा बालुवाटार नजाने – Naya Bikalpa
November 16, 2026, Monday      Epaper

माधव समूह यथास्थितिमा केन्द्रीय कमिटी बैठकमा बालुवाटार नजाने

नयाँ बिकल्प,
काठमाडौं- नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल समूह केन्द्रीय कमिटी बैठकमा सहभागी नहुने भएको छ ।

बिहिबार बुद्धनगरमा बसेको नेपाल पक्षीय स्थायी कमिटी बैठकले शुक्रबार हुने केन्द्रीय समिति बैठकमा सहभागी नहुने निर्णय गरेको हो ।

शुक्रबार बोलाइएको केन्द्रीय समिति बैठकमा यथास्थितिमा नजाने सर्वसम्मत निर्णय गरेको नेता योगेश भट्टराईले बताए।

एमाले अध्यक्ष केपी शर्मा ओलीले १० औं महाधिवेशन आयोजक कमिटी भंग भरी केन्द्रीय समिति ब्यूँताएका थिए ।

जसमा पूर्व माओवादीका २० जनालाई केन्द्रीय सदस्य बनाइएको छ । त्यसमा नेपाल पक्षको आपत्ति रहेको छ ।

माधव समूहले प्याकेजमा सहमति गरिनुपर्ने बताउँदै आएको छ । बैठकले पार्टी एकताका लागि आह्वान समेत गरेको छ ।

सम्बन्धित समाचार

समावेशिता र संघीयताले प्रजातन्त्रलाई बलियो बनाएको छ : गगन थापा
समावेशिता र संघीयताले प्रजातन्त्रलाई बलियो बनाएको छ : गगन थापा
  • २०७८ असार १७, २०: ०३

वीरगञ्ज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक समावेशिता र संघीयताको अभ्यासमा गएपछि प्रजातन्त्र थप बलियो बनेको बताएका छन् ।...

बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
  • २०७८ असार १७, २०: ०३

बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....

भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
  • २०७८ असार १७, २०: ०३

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...