
नयाँ विकल्प
काठमाडौं- कोरोनाभाइरस (कोभिड–१९) महामारीले अर्थतन्त्रमा नकारात्मक प्रभाव पारेसँगै पर्यटन क्षेत्रमा पनि असर पुर्याएको छ । विदेशी मुद्रा आर्जनको प्रमुख स्रोत विदेशी पर्यटक आवागमनको संख्या न्यून छ । महामारीकैबीच पनि कम संख्यामा विदेशी पर्यटक नेपालमा भित्रिएको नेपाल पर्यटन बोडैले जनाएको छ ।
नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२१ को छ महिनामा ५८ हजार ५८ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । वर्षको जुन महिनामा जम्मा एक हजार १४३ पर्यटक हवाई मार्ग भएर नेपाल आएका छन् ।
सोही महिनामा अघिल्लो सन् २०१९ मा ४४ हजार ३६९ थियो । सन् २०२० को यही महिनामा १०२ जना मात्रै विदेशी नेपाल आएका बोर्डका प्रवक्ता मणि लामिछानेले बताए ।
यो वर्षको जनवरीमा आठ हजार ८७४, फेब्रुअरीमा नौ हजार १४६, मार्चमा १४ हजार ९७७ र अप्रिलमा सबैभन्दा बढी २२ हजार ४५० विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् ।
मेमा एक हजार ४६८ र जुनमा एक हजार १४३ पर्यटक नेपाल आएका छन् । यस्तै जुनमा नेपालबाट तीन हजार ६०६ विदेशी बाहिरिएका छन् ।
काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले सोमबार आफ्नो ९०औँ वार्षिकोत्सव मनाएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको उपस्थितिमा...
बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....
काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...