अदालतद्वारा गायिका ब्रिट्नी स्पियर्सको अनुरोध अस्वीकार – Naya Bikalpa
April 19, 2026, Sunday      Epaper

अदालतद्वारा गायिका ब्रिट्नी स्पियर्सको अनुरोध अस्वीकार

एजेन्सी – बाबुलाई आफ्नो संरक्षकबाट हटाउनुपर्ने गायिका ब्रिट्नी स्पियर्सको आग्रहलाई अदालतले अस्वीकार गरेको छ ।

अघिल्लो वर्ष स्पियर्सका वकिलले अमेरिकाको लस एन्जल्सको एक अदालतमा जेमी स्पियर्सलाई गायिकाको संरक्षकबाट हटाउनुपर्ने रिट दायर गरेका थिए ।

गतसाता अदालतमा निवेदकको तर्फबाट बयान दिँदै गायिका स्पियर्सले आफूलाई तत्काल बाबुको संरक्षणबाट मुक्त गर्न अदालतलाई आग्रह गरेकी थिइन् ।

आफूले विहे गर्न चाहेको र बच्चा जन्माउन चाहेको बताउँलै स्पियर्सले बाबुको कारण आफ्ना भविष्य जोखिमपूर्ण भएको बताएकी थिइन् ।

स्पियर्सले अदालतलाई आफूलाई लागु औषधि दिइएको, इच्छा विपरीत सांगितिक कार्यक्रम गर्न बाध्य पारिएको र सन्तान जन्माउन नदिएको बताएकी थिइन्।

सन् २००८ देखि स्पियर्सका पिताले उनलाई एकल संरक्षकको रुपमा अभिभावकत्वको भूमिका निर्वाह गर्दै आएका छन् ।

सम्बन्धित समाचार

सरकारी कर्मचारीलाई अब १५–१५ दिनमै तलब
सरकारी कर्मचारीलाई अब १५–१५ दिनमै तलब
  • २०७८ असार १७, २२: ५७

काठमाडौं : सरकारले सरकारी कर्मचारीहरूको तलबभत्ता भुक्तानी प्रणालीमा महत्वपूर्ण परिवर्तन गर्दै अब अर्धमासिक रूपमा रकम उपलब्ध गराउने निर्णय गरेको छ ।...

नतिजा सार्वजनिक भएको दुई साताभित्रै ट्रान्सक्रिप्ट उपलब्ध गराइने
नतिजा सार्वजनिक भएको दुई साताभित्रै ट्रान्सक्रिप्ट उपलब्ध गराइने
  • २०७८ असार १७, २२: ५७

काठमाडौँ : देशका विश्वविद्यालयहरूले परीक्षाफल सार्वजनिक गरेपछि १५ दिनभित्र विद्यार्थीलाई ट्रान्सक्रिप्ट उपलब्ध गराउने व्यवस्था लागू गर्ने सहमति गरेका छन् ।...

कर्णाली नदीमा बेपत्ता दुई जनाको शव फेला
कर्णाली नदीमा बेपत्ता दुई जनाको शव फेला
  • २०७८ असार १७, २२: ५७

काठमाडौँ : तुर्माखाँद गाउँपालिका-३ भैरवस्थानस्थित बल्दे नजिकै कर्णाली नदीमा बेपत्ता दुई जनाको शव फेला परेको छ । तुर्माखाँद गाउँपालिका-३ का...