भारतमा गर्भवतीले कोरोना खोप लगाउन पाए अनुमती – Naya Bikalpa
November 15, 2026, Sunday      Epaper

भारतमा गर्भवतीले कोरोना खोप लगाउन पाए अनुमती

नयाँ विकल्प, 

एजेन्सी – भारतको केन्द्र सरकारले गर्भवतीलाई कोरोनाभाइरस (कोभिड-१९) विरुद्धको खोप लगाउने अनुमति दिएको छ। कोरोना खोपबारे गठित भारतको राष्ट्रिय सल्लाहकार कमिटीले गर्भवतीलाई खोप लगाउन सकिने सिफारिस गरेपछि त्यहाँको स्वास्थ्य मन्त्रालयले पनि अनुमति दिएको हो।

स्वास्थ्य मन्त्रालयले गर्भवतीले खोपका लागि दर्ता गरेपछि वा सिधै खोप केन्द्रमा गएर खोप लगाउन सक्ने जानकारी शुक्रबार दिएको हो। स्वास्थ्य मन्त्रालयका संयुक्त सचिव लब अग्रवालले खोप सल्लाहकार समितिको सिफारिस बमोजिम गर्भवतीलाई कोभिड खोप सुरक्षित भएको बताएका छन्।

केन्द्रिय स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबारसम्म भारतमा ३४ करोड भन्दा बढी डोज खोप लगाइसकिएको छ। पछिल्लो २४ घण्टामा करिब ४२ लाखभन्दा बढी डोज खोप दिइएको छ।

भारतमा अहिलेसम्म ३२ करोड ८० लाख ९९८ लाख व्यक्तिले पहिलो र ९ लाख ८३ हजार १२५ व्यक्तिले दोस्रो डोज अर्थात पूर्ण खोप लगाइसकेको मन्त्रालयले जनाएको छ।

सम्बन्धित समाचार

अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
  • २०७८ असार १८, २२: ४१

काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...

एनपिएल : कर्णालीले चितवनलाई हरायो
एनपिएल : कर्णालीले चितवनलाई हरायो
  • २०७८ असार १८, २२: ४१

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आइतबारको पहिलो खेलमा कर्णाली याक्स विजयी भएको छ । जारी सिजनको आफ्नो अन्तिम...

प्राविधिक समस्याले अमेरिकाको हवाई सेवा अस्तव्यस्त
प्राविधिक समस्याले अमेरिकाको हवाई सेवा अस्तव्यस्त
  • २०७८ असार १८, २२: ४१

काठमाडौं : अमेरिकामा प्राविधिक समस्याका कारण शुक्रबार राष्ट्रव्यापी रूपमा हवाई उडान रोकिएपछि हजारौं यात्रु प्रभावित भएका छन् । चार घण्टाभन्दा बढी...