कृषि विकास बैंकको अन्तरक्रिया कार्यक्रम सम्पन्न – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

कृषि विकास बैंकको अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाडौं । कृषि विकास बैंक, क्षेत्रीय कार्यालय वीरगञ्जले आयोजना गरेको स्थानीय तहमा कृषि विकास बैंक विषयक एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । चितवनको भरतपुर गार्डेन रिसोर्ट प्रा.लि.मा आयोजना गरिएको अन्तरक्रिया कार्यस्थानीय तहमा बैंकको भूमिकाबारे चर्चा भएको थियो ।

कार्यक्रममा भरतपुर महानगरपालिकाका मेयर, उपमेयर, सो अन्तरगतका २९ वटा वडाका अध्यक्षहरु, चितवनका रत्ननगर न. पा., खैरहनी न.पा., माडी न.पा., राप्ती न.पा. तथा कालिका न.पा.का मेयर, भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तथा अन्य पदाधिकारी, कृषि विकास बैंक चितवनका ८ वटा शाखारउपशाखा तथा तालीम केन्द्रका शाखा प्रबन्धकहरु तथा तालीम केन्द्र प्रमुख, चितवन उद्योग बाणिज्य संघका अध्यक्ष, खानेपानी व्यवस्थापन बोर्ड भरतपुरका प्रमुख कार्यकारी अधिकृत तथा पत्रकारहरु गरी करिव ९० जनाको सहभागिता रहेको आयोेजकले बताए ।

सो कार्यक्रमको उद्घाटन भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले गरेकी थिइन भने बैंकका प्रमुख कार्यकारी अधिकृत लिलाप्रकाश सिटौलाले जनप्रतिनिधिहरुलाई खादा ओढाई सम्मान गरेका थिए । कार्यक्रमका सहभागीहरुलाई क्षेत्रीय कार्यालय वीरगञ्जका निर्देशक बाबुकाजी थापाले स्वागत गर्दै आगामी दिनमा भरतपुर महानगरपालिका, अन्य न.पा., स्थानीय तह तथा निकायहरुसँग कृषि विकास बैंक हातेमालो गरी आधुनिक बैंकिंग सेवा प्रदान गर्ने बताए ।

त्यस्तै, बजार तथा शाखा व्यवस्थापन विभागका विभागीय प्रमुख प्रेमकुमार श्रेष्ठले कृषि विकास बैंकद्धारा विगतमा नेपाली जनताको आर्थिक तथा सामाजिक विकासमा गरेको योगदान, बैंकले हाल ल्याएको नयाँ ÷नयाँ प्रोडक्ट तथा कार्यशैलीमा ल्याएको परिवर्तनका बारेमा जानकारी गराएका थिए । कार्यक्रममा सहभागीहरु बीच करिव आधा घण्टा खुला छलफल भई बैंकका बिषयमा विभिन्न गुनासा, राम्रा पक्ष र सुधार गर्नु पर्ने लगायतका विषयहरुमा छलफल भएको थियो ।

सम्बन्धित समाचार

नेप्सेमा सामान्य वृद्धि, परिसूचक २६२८.६७ विन्दुमा
नेप्सेमा सामान्य वृद्धि, परिसूचक २६२८.६७ विन्दुमा
  • २०७५ जेष्ठ २१, १०: ०५

काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ । आज नेप्से ३.६२...

सबैको मिशन आगामी स्थानीय निर्वाचन
सबैको मिशन आगामी स्थानीय निर्वाचन
  • २०७५ जेष्ठ २१, १०: ०५

काठमाडौं । छठको निहुँ बनाएर रास्वपा सभापति रवि लामिछाने र नेपाली कांग्रेसका सभापति गगन थापा मधेश प्रदेश ओर्लिएका छन् ।...

कर प्रशासनलाई प्रविधिमैत्री र पारदर्शी बनाउने अर्थमन्त्रीको प्रतिबद्धता
कर प्रशासनलाई प्रविधिमैत्री र पारदर्शी बनाउने अर्थमन्त्रीको प्रतिबद्धता
  • २०७५ जेष्ठ २१, १०: ०५

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले कर प्रशासनलाई प्रविधिमैत्री, सरल, सहज र पारदर्शी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । राष्ट्रिय कर...