पार्टी विवाद समाधान गर्न अब गहन छलफल हुन्छ : कार्यदलका संयोजक रावल – Naya Bikalpa
November 17, 2026, Tuesday      Epaper

पार्टी विवाद समाधान गर्न अब गहन छलफल हुन्छ : कार्यदलका संयोजक रावल


नयाँ विकल्प,

काठमाडौं- नेकपा एमालेको विवाद समाधान गर्न गठित कार्यदल १० सदस्यीय कार्यदलको बैठक सकारात्मक भएको नेताहरुले दावी गरेका छन् ।

बैठकपछि माधव नेपाल पक्षीय कार्यदलका संयोजक भीम रावलले भोलिदेखि पार्टी मिलाउन गहन रुपमा छलफल हुने बताए ।

सोमबार बसेको बैठकले भोलि १ बजे बैठक बस्ने सहमति गरेको उनले जानकारी दिए । आजको बैठकमा मूल विषयमा प्रवेश नगरेपनि भोलिदेखि निरन्तर बसेर पार्टी विवाद समाधान गर्ने प्रयास गरिने बताए ।

आइतबार बेलुका अध्यक्ष केपी शर्मा ओलीसँग नेता भीम रावलले छलफल गरेसँगै १० सदस्यीय कार्यदललाई औपचारिक रुपमा ब्युँताइएको हो ।

कार्यदल ब्युँतिएसँगै यसअघि अनौपचारिक रुपमा भएका वार्तामा तयार मस्यौदालाई आधार मानेर भोलीबाटै सहमति जुटाउने प्रयास थाल्ने नेताहरुले बताएका छन् ।

कार्यदलमा अध्यक्ष ओली पक्षका संयोजक सुवास नेम्वाङ छन् भने माधव नेपाल पक्षका संयोजक भीम रावल छन् । सदस्यहरुमा ओली पक्षका विष्णु पौडेल, शंकर पोखरेल, विष्णु रिमाल र प्रदीप ज्ञवाली छन् भने नेपाल पक्षबाट घनश्याम भुषाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त रहेका छन् ।

सम्बन्धित समाचार

समावेशिता र संघीयताले प्रजातन्त्रलाई बलियो बनाएको छ : गगन थापा
समावेशिता र संघीयताले प्रजातन्त्रलाई बलियो बनाएको छ : गगन थापा
  • २०७८ असार २१, २१: ११

वीरगञ्ज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक समावेशिता र संघीयताको अभ्यासमा गएपछि प्रजातन्त्र थप बलियो बनेको बताएका छन् ।...

बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
  • २०७८ असार २१, २१: ११

बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....

भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
  • २०७८ असार २१, २१: ११

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...