
नयाँ विकल्प,
काठमाडौं – लगातारको गिरावटपछि सोमबार सेयर बजार परिसूचक नेप्सेमा संकुचन आएको छ । ११.७८ अंकको गिरावट आएको बजारमा अधिकतम कारोबार रकम ४ अर्बमा झरेको हो ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ११.७८ अंकले घटेर २ हजार ८२२.७३ विन्दुमा झर्दा कारोबार रकम भने साढे ४ अर्ब अर्थात् ४ अर्ब ५८ करोड हारहारीमा मात्र भएको हो ।
आज कुल २२४ कम्पनीका एक करोड ६३ हजार ६३६ कित्ता सेयर ५२ हजार ८४६ पटक किनबेच हुँदा ४ अर्ब ५८ करोड २२ लाख १२ हजार ५७९ रुपैयाँको कारोबार भएको छ ।
यसदिन व्यापार, म्यानु एण्ड प्रो, म्युचुअल फण्ड, लगानी लगायत अन्य समूह धनात्मक (पोजेटिभ) हुँदा अन्य सबै समूहहरु ऋणात्मक भएका छन् ।
गत आइतबार नेप्से परिसूचक ८.४८ अंकले घटेर २ हजार ८३४.५१ विन्दुमा झरेको थियो भने बजारमा ५ अर्ब ५ करोड ३५ लाखको सेयर कारोबार भएको थियो ।
काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले सोमबार आफ्नो ९०औँ वार्षिकोत्सव मनाएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको उपस्थितिमा...
बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....
काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...