
नयाँ विकल्प,
काडमाडौं– पाकिस्तानसँगको सीमा क्षेत्र जम्मू कश्मीरको कठुवा जिल्लामा २७ किलो हिरोइन भारतले बरामद गरेको छ ।
हिरोइन तस्करसँगको भिडन्तपछि एक जना तस्करको ज्यान गएको र घटनास्थलबाट २७ किलो हिरोइन बरामद भएको सीमा सुरक्षा बल (बीएसएफ) ले जानकारी दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
बरामद भएको हिरोइनको मूल्य झन्डै एक सय ३५ करोड भारतीय रुपैयाँ रहेको बताइएको छ । जम्मू–कश्मीर प्रहरीले लागुऔषध प्रयोग गरेर होहल्ला गर्ने १० जनालाई पक्राउ गर्दा झन्डै ४५ करोड भारतीय रुपैयाँ बराबरको हिरोइन बरामद गरेको थियो ।
यस्तै अप्रिल आठ तारिखमा पनि झन्डै ६० करोड भारतीय रुपैयाँ बराबरको लागुपदार्थ बरामद गरेको थियो । लगातार भएका यी बरामदीले कश्मीरका लागि सीमा क्षेत्रमा हुने लागुऔषध ओसारपसार र आतङ्कवादले चिन्ता थपिएको कश्मीर प्रहरीले जनाएको छ ।
बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....
काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...
काठमाडौं : अमेरिकामा प्राविधिक समस्याका कारण शुक्रबार राष्ट्रव्यापी रूपमा हवाई उडान रोकिएपछि हजारौं यात्रु प्रभावित भएका छन् । चार घण्टाभन्दा बढी...