सुजिता भण्डारीको हत्यामा संलग्नलाई कारवाही गर्न गृहमन्त्रीलाई ज्ञापनपत्र – Naya Bikalpa
November 17, 2026, Tuesday      Epaper

सुजिता भण्डारीको हत्यामा संलग्नलाई कारवाही गर्न गृहमन्त्रीलाई ज्ञापनपत्र

नयाँ विकल्प


काठमाडौं – सुजिता भण्डारीको हत्यारामा संलग्नलाई कारवाही गर्नु माग गर्दै सोमबार उपप्रधानमन्त्री तथा गृहमन्त्री विष्णुप्रसाद पौडेललाई चिल्ड्रेन भिजन नेपालले ज्ञापन पत्र बुझाएको छ ।

चितवनको राप्ती नगरपालिका ३ प्रगतिनगरकी सुजिताका हत्यारालाई तत्काल पक्राउ गरी सार्वजनिक गर्दै हदैसम्मको कारवाही गर्न भिजन नेपालले माग गरेको छ । यही असार ११ गते बिहान साथीको घर जान हिँडेकी सुजिता सोही दिनदेखि बेपत्ता भएकी थिइन् ।

आइतबार साँझ राप्तीकै सामुदायिक वनमा सुजिताको शव भेटिएको थियो । उपप्रधान तथा गृहमन्त्री पौडेलले जतिसक्दो चाँडो सत्यतथ्य पत्ता लगाएर दोषी उपर कारवाही गर्ने प्रतिबद्धता व्यक्त गरे ।

भिजन नेपालका अध्यक्ष रमेश सिलवालले घटनामा संलग्न दोषीलाई तत्काल पक्राउ गरी आम महिलाको स्वतन्त्रतापूर्वक बाँच्न पाउने संविधान प्रदत्त अधिकारको प्रत्याभूति दिलाउन तथा शान्ति, सुरक्षाको सुव्यवस्था कायम गर्न र गराउन मागसमेत गरेको छ ।

सम्बन्धित समाचार

बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
  • २०७८ असार २१, २२: ५०

बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....

भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
  • २०७८ असार २१, २२: ५०

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...

उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न
उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न
  • २०७८ असार २१, २२: ५०

काठमाडौँ । उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व आज सम्पन्न हुँदैछ । पर्वको...