एमाले विवाद मिलाउन कार्यदल पुनः सक्रिय, आज पनि बस्दै बैठक – Naya Bikalpa
November 23, 2026, Monday      Epaper

एमाले विवाद मिलाउन कार्यदल पुनः सक्रिय, आज पनि बस्दै बैठक


नयाँ विकल्प

काठमाडौं- आन्तरिक विवाद समाधानका लागि गठित नेकपा (एमाले)को कार्यदल पुनः सक्रिय भएको छ। पार्टीका शीर्ष र दोस्रो तहका नेताबीच भएको अनौपचारिक छलफललाई व्यवस्थितरुपमा सहमतिमा रुपान्तरणका लागि कार्यदलको बैठक सुरु भएको हो। पार्टी अध्यक्ष केपी शर्मा ओली २०७५ जेठ ३ गते अगाडिको साङ्गठनिक स्थितिका आधारमा सञ्चालन गर्न तयार भएपछि सहमतिको वातावरण बनेको हो।

सिंहदरबारमा सोमबार बसेको बैठकले हालसम्मका अनौपचारिक छलफल पुनरवलोकन गरेको र पार्टीभित्रै बसेर आन्तरिक समस्या समाधान गर्ने कुरा भएको एमालेका सचिव गोकर्णराज विष्टले जानकारी दिए। कार्यदलको अर्को बैठक मङ्गलबार अपराह्न पुनः बस्नेछ। एमाले केन्द्रीय कमिटीको १३ औँ बैठकले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा पार्टीका २३ निवर्तमान सांसदबाट गरिएको हस्ताक्षर फिर्ता गर्न सोमबार साँझ ५ बजेसम्म समय दिइएका सन्दर्भमा कार्यदल सक्रिय भएको हो। नयाँ प्रधानमन्त्री चयन प्रक्रिया सफल हुन नसकेपछि गत जेठ ८ गते प्रतिनिधिसभा दोस्रो पटक विघटन भएपछि एमालेको कार्यदल निष्क्रिय भएको थियो।

कार्यदलमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओली पक्षबाट नेता सुवास नेम्वाङ, विष्णुप्रसाद पौडेल, प्रदीपकुमार ज्ञवाली, शङ्कर पोखरेल, विष्णुप्रसाद रिमाल तथा नेता माधवकुमार नेपाल पक्षबाट डा भीमबहादुर रावल, घनश्याम भुसाल, सुरेन्द्रप्रसाद पाण्डे, विष्ट र रघुजी पन्त छन्।

नेकपा (माओवादी केन्द्र)सँगको २०७५ जेठ ३ गतेको एकतापूर्वको अवस्था उत्पन्न भएपछि एमालेका अध्यक्ष ओलीले गत फागुन २८ गते केन्द्रीय कमिटीको विशेष बैठकबाट भएका निर्णयमा वरिष्ठ नेता झलनाथ खनाल र नेपाल पक्षले असन्तुष्टि जनाउँदै समानान्तर गतिविधि गर्दै आएको थियो।

सम्बन्धित समाचार

प्रधानमन्त्री शाह र प्रधानमन्त्री मोदीबीच उच्चस्तरीय द्विपक्षीय वार्ता सम्पन्न
प्रधानमन्त्री शाह र प्रधानमन्त्री मोदीबीच उच्चस्तरीय द्विपक्षीय वार्ता सम्पन्न
  • २०७८ असार २२, ०७: १६

नयाँदिल्ली : भारतको राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री वालेन्द्र शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीचको उच्चस्तरीय द्विपक्षीय वार्ता सम्पन्न भएको छ...

आइजिपी नियुक्तिविरुद्ध कार्कीको रिटमा सुनुवाइ रोकियो
आइजिपी नियुक्तिविरुद्ध कार्कीको रिटमा सुनुवाइ रोकियो
  • २०७८ असार २२, ०७: १६

काठमाडौँ : प्रहरी महानिरीक्षक पदबाट हटाइएका दानबहादुर कार्कीले दायर गरेको रिट निवेदनमा सर्वोच्च अदालतले सोमबारका लागि तय गरेको सुनुवाइ स्थगित...

हैदराबाद हाउसमा प्रधानमन्त्री शाह र मोदीबीच भेटवार्ता सुरु
हैदराबाद हाउसमा प्रधानमन्त्री शाह र मोदीबीच भेटवार्ता सुरु
  • २०७८ असार २२, ०७: १६

नयाँ दिल्ली (भारत) : भारतको दुई दिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता सुरु...