ग्वाटेमालामा ज्वालामुखी विस्फोट हुँदा एकसय भन्दा बढीको ज्यान गइसक्यो भने २०० भन्दा बढी बेपत्ता भएका छन् । सोकी स्थानमा फेरी ज्वालामुखी विस्फोट हुन थालेपछि आपत्कालीन सेवाका अधिकारीहरूले वरपरका मानिसहरूलाई सुरक्षित स्थानमा सारिरहेका छन् । फोएगो नामक ज्वालामुखीबाट ताजा लाभा वरपरका घरहरु खरानी बनेको छ । गत साता आइतवार ज्वालामुखी विस्फोट भएयता कम्तीमा १० जनाको ज्यान गएको छ भने अन्य कैयौँ हराइरहेका छन् । ग्वाटेमालाका अधिकारीहरूका अनुसार ज्वालामुखी विस्फोटका कारण १७ लाख मानिस प्रभावित भएका छन् ।
तीन हजारभन्दा बढी मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ भने धेरै मानिसहरूले अस्थायी रूपमा आश्रय लिइरहेका छन् । ज्वालामुखी पर्वतको भीरमा रहेका गाउँहरू खरानी र हिलोले पुरिएका छन् । ज्वालामुखीसम्बन्धी विज्ञहरूले शुरूमा १० किलोमिटर माथिसम्म खरानी फालेको ज्वालामुखी निकट भविष्यका लागि समाप्त भएको मंगलवार बताएका थिए । ग्वाटेमालाको राष्ट्रिय भूगर्भ केन्द्रका प्रमुख एड्डी सान्चेसले आगामी केही दिनसम्म ज्वालामुखी विस्फोट नहुने बताएका थिए । तर मंगलवार नयाँ विस्फोट भइरहँदा आपत्कालीन सेवाका अधिकारीहरूले शवको खोजी गरिरहेका थिए ।
ग्वाटेमालाको विपद् नियन्त्रण निकायका प्रमुखले आइतवार ज्वालामुखी विस्फोट हुनुअघि कुनै चेतावनी जारी नगरिएको बताएका छन् । स्थानीय बासिन्दाहरूले आपत्कालमा बच्ने उपायबारे प्रशिक्षण लिए पनि एकदम छिटो ज्वालामुखी विस्फोट भएकोले उनीहरूले सिकेका कुरा लागु गर्न नसकेको उनको भनाइ छ । उता ग्वाटेमालाका प्रतिपक्षी दलले ज्वालामुखी विस्फोटबारे स्थानीय पूर्व जानकारी नदिएको भन्दै सूचना दिने संस्था कनरेडको खारेजीको माग समेत गरेका छन् । पुनः विस्फोट नहुने बताएपनि फेरि ज्वालामुखी विस्फोट हुँदा संयौको ज्यान गएको हो ।
काठमाडौं।अमेरिकी विदेश मन्त्रालयले बुधबार नेपालसहित ७५ देशका नागरिकका लागि आप्रवासी भिसा प्रक्रिया स्थगित गर्ने घोषणा गरेको छ। अमेरिकी विदेश विभागले...
काठमाडौँ : बैंककबाट थाइल्याण्डको उत्तर-पूर्वतर्फ जाँदै गरेको रेलमा निर्माणाधीन क्रेन खसेपछि रेल दुर्घटनाग्रस्त भएको छ । थाइल्याण्डको उत्तर(पूर्वी क्षेत्रमा एउटा...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग व्यापार गर्ने देशहरूबाट अमेरिकामा आयात हुने सबै सामानमा २५ प्रतिशत भन्सार शुल्क लगाउने घोषणा गरेका...