देउवाको पक्षमा उनकै गुटका सभापति पनि खुलेनन् – Naya Bikalpa
May 27, 2026, Wednesday      Epaper

देउवाको पक्षमा उनकै गुटका सभापति पनि खुलेनन्

कांग्रेस सभापति देउवाको निवास वुढानिलकण्ठमा धाएर उनीबाट धेरै सुविधा, सेवा र अवसर पाएका उनकै गुटका धेरै जसो सभापतिले देउवामाथि असन्तुष्ट जिल्ला सभापतिले योजनाबद्ध ढंगले प्रहार गर्दा समेत डिफेन्स नगरेको भन्दै देउवा असन्तुष्ट बनेका छन् ।

देउवाले सभापति भएर जे जे गरे सब ठीक छ भनेर उनको पक्षमा कञ्चनपुरका हरि बोहोरा, डोटीका भरत स्वाँर, दोलखाका रुद्र खड्का र ओखलढुंगाका प्रदीप सुनुवारले मात्र देउवाबिरोधी सभापतिको आरोपको प्रतिरोध गरेका थिए । उनीहरुले सभापतिले गरेका काम कारबाही माथि प्रश्न गर्नु अनुशासन नभएको भन्दै सभापतिको हात बलियो बनाउनु पर्ने, गुट उपगुट बनाएर विभाजन ल्याउन नहुने, एकजुट भएर कम्युनिष्ट सरकारबिरुद्ध लड्नु पर्ने वताए ।

तर कैलालीका सभापति नरनारायण साह, मोरड.का डीकबहादुर लिम्बु, भक्तपुरका दुर्लभ थापा र दाड.का कीर्तिबहादुर खड्काले समेत देउवाको पक्षमा खुलेर बोलेनन् । उनीहरुले नेतृत्व वर्गले कमजोरी गरेको र सच्चिनु पर्ने धारणा राखेका थिए ।

सम्बन्धित समाचार

जाँचबुझ आयोगकै अध्यक्ष कार्कीमाथि छानबिन गर्न सिफारिस
जाँचबुझ आयोगकै अध्यक्ष कार्कीमाथि छानबिन गर्न सिफारिस
  • २०७५ असार ११, ०६: ५८

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ र २४ गते भएका घटनाबारे छानबिन गर्न सरकारले गठन गरेको न्यायिक छानबिन...

सुशीला कार्कीदेखि सुधन गुरुङसम्मलाई अनुसन्धान गर्न आयोगको सिफारिस
सुशीला कार्कीदेखि सुधन गुरुङसम्मलाई अनुसन्धान गर्न आयोगको सिफारिस
  • २०७५ असार ११, ०६: ५८

काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनका क्रममा भिडलाई उत्तेजित बनाएको र हिंसा भड्काउन भूमिका खेलेको आशंकामा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की,...

मानव अधिकार आयोग प्रतिवेदन : रवि लामिछानेमाथि फौजदारी कसुरमा अनुसन्धान र कारबाही गर्न सिफारिस
मानव अधिकार आयोग प्रतिवेदन : रवि लामिछानेमाथि फौजदारी कसुरमा अनुसन्धान र कारबाही गर्न सिफारिस
  • २०७५ असार ११, ०६: ५८

काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले जेन-जी आन्दोलनका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अनाधिकृत रूपमा कारागारबाट बाहिरिएको घटनालाई...