कांग्रेस सभापति देउवाको निवास वुढानिलकण्ठमा धाएर उनीबाट धेरै सुविधा, सेवा र अवसर पाएका उनकै गुटका धेरै जसो सभापतिले देउवामाथि असन्तुष्ट जिल्ला सभापतिले योजनाबद्ध ढंगले प्रहार गर्दा समेत डिफेन्स नगरेको भन्दै देउवा असन्तुष्ट बनेका छन् ।
देउवाले सभापति भएर जे जे गरे सब ठीक छ भनेर उनको पक्षमा कञ्चनपुरका हरि बोहोरा, डोटीका भरत स्वाँर, दोलखाका रुद्र खड्का र ओखलढुंगाका प्रदीप सुनुवारले मात्र देउवाबिरोधी सभापतिको आरोपको प्रतिरोध गरेका थिए । उनीहरुले सभापतिले गरेका काम कारबाही माथि प्रश्न गर्नु अनुशासन नभएको भन्दै सभापतिको हात बलियो बनाउनु पर्ने, गुट उपगुट बनाएर विभाजन ल्याउन नहुने, एकजुट भएर कम्युनिष्ट सरकारबिरुद्ध लड्नु पर्ने वताए ।
तर कैलालीका सभापति नरनारायण साह, मोरड.का डीकबहादुर लिम्बु, भक्तपुरका दुर्लभ थापा र दाड.का कीर्तिबहादुर खड्काले समेत देउवाको पक्षमा खुलेर बोलेनन् । उनीहरुले नेतृत्व वर्गले कमजोरी गरेको र सच्चिनु पर्ने धारणा राखेका थिए ।
चितवन राष्ट्रिय निकुञ्जले जंगली हात्ती ‘ध्रुवे’लाई ‘रेडियो कलर’ जडान गरेको छ । निकुञ्ज र मध्यवर्ती क्षेत्रमा २५ जनाको ज्यान लिइसकेको...
काठमाडौं : हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भू-भाग नजिक र पूर्वमा सरदर स्थान...
काठमाडौं : नेपाल र छिमेकी भारतबीच ऊर्जा क्षेत्रको द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यले संयुक्त निर्देशक समिति (जेएससी) र संयुक्त...