
बालबालिकाहरूलाई अलग गरिदिएकोमा विश्वभरबाट चर्को आक्रोशहरू व्यक्त भएपछि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आप्रवासीका परिवारका सदस्यहरूलाई साथसाथै रहन अनुमति दिने निर्णय गरेको छन् । दर्ता नगरिएका आप्रवासीका बालबालिकाहरूलाई आमाबुवाबाट छुट्याउने अमेरिकी कदमको अन्तर्राष्ट्रिय रूपमैँ आलोचना भएको थियो ।
बच्चाहरूका तस्बिर हेरर आफू पनि विचलित भएको ट्रम्पले बताएका छन् । अब त्यस्तो नीतिलाई उल्ट्याउने आदेशमा बुधवार हस्ताक्षर गरेपछि ट्रम्पले परिवारहरूलाई एकै ठाउँमा राखिने बताए । यद्यपी उनको आदेश कहिलेबाट कार्यान्वयन हुने र पहिले छुट्टयाइउका बालबालिकाहरुको विषयमा प्रष्ट पारिइकाृ भने छैन । तर ट्रम्पले आप्रवासीहरूको भिड रोक्ने विषयमा आफू गम्भीर भएको बताएका छन् ।
“हामी परिवारहरूलाई साथै राख्न चाहन्छौँ, तर हामी हाम्रो सीमा पनि बलियो बनाउन चाहन्छौँ । होइन भने अहिलेको जस्तो हजारौँको संख्यामा होइन दशौँ लाखको संख्यामा आप्रवासीहरू अमेरिका आउनेछन् र अमेरिका उनीहरूले भरिनेछ” ट्रम्पले भने । कडा नियम नल्याएइमा दशौँ लाख आप्रवासीहरू अमेरिका आउनसक्ने र अमेरिका आप्रवासीले भरिने ट्रम्पको भनाई छ ।
आप्रवासीका बालबालिकालाई आमाबुवाबाट छुट्याइएका तस्बिरहरूलाई लिएर अमेरिकको तीव्र आलोचना भइरहँदा ट्रम्पको पछिल्लो घोषणा आएको हो । अमेरिकी संसद्को प्रतिनिधि सभामा बिहीवार आप्रवासी बालबालिकालाई आमाबुवाबाट छुट्याउन नपाइने र आप्रवासीका अन्य मुद्दा समेटिएका दुई विधेयकमा मतदान हुनेछ ।
यसैबीच ६ वटा अमेरिकी वायुसेवाहरूले आफ्ना आमाबुवाबाट अलग गरिएका बालबालिका ओसारपसार गर्न आफ्ना विमानहरूको प्रयोग नगर्न ट्रम्प प्रशासनलाई अनुरोध गरेका छन् । एलास्का, अमेरिकन, डेल्टा, फ्रन्टियर, साउथवेस्ट र युनाइनेट एअरलाइन्सले ट्रम्पको नीति उनीहरूको मूल्य मान्यताभन्दा फरक भएको बताएका छन् ।
काठमाडौं।अमेरिकी विदेश मन्त्रालयले बुधबार नेपालसहित ७५ देशका नागरिकका लागि आप्रवासी भिसा प्रक्रिया स्थगित गर्ने घोषणा गरेको छ। अमेरिकी विदेश विभागले...
काठमाडौँ : बैंककबाट थाइल्याण्डको उत्तर-पूर्वतर्फ जाँदै गरेको रेलमा निर्माणाधीन क्रेन खसेपछि रेल दुर्घटनाग्रस्त भएको छ । थाइल्याण्डको उत्तर(पूर्वी क्षेत्रमा एउटा...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग व्यापार गर्ने देशहरूबाट अमेरिकामा आयात हुने सबै सामानमा २५ प्रतिशत भन्सार शुल्क लगाउने घोषणा गरेका...