रौतहट–१ मा रास्वपाका राजेश कुमार चौधरी फराकिलो मतान्तरसहित विजयी – Naya Bikalpa
April 21, 2026, Tuesday      Epaper

रौतहट–१ मा रास्वपाका राजेश कुमार चौधरी फराकिलो मतान्तरसहित विजयी

प्रेमचन्द्र झा

गाैर : रौतहट क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका राजेश कुमार चौधरी विजयी भएका छन्। कुल खसेको ७१ हजार २०३ मतमध्ये २८ हजार ९४६ मत प्राप्त गर्दै चौधरीले फराकिलो मतान्तरसहित जित हासिल गरेका हुन्।

निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार चौधरीले निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार अजय कुमार गुप्तालाई उल्लेख्य मतान्तरले पराजित गरेका छन्। गुप्ताले १० हजार ६ सय ९३ मत प्राप्त गरेका छन्।

त्यसैगरी नेपाली कांग्रेसका उम्मेदवार अनिल कुमार झाले ८ हजार ५ सय ७४ मत प्राप्त गरेका छन् भने नेकपाका उम्मेदवार माधव कुमार नेपालले ७ हजार ६ सय ६९ मत पाएका छन्। जनता समाजवादी पार्टीका उम्मेदवार योगेन्द्र राय यादवले ६ हजार ८ सय ४६ मत प्राप्त गरेका छन्।

मतपरिणामअनुसार चौधरीले निकटतम प्रतिस्पर्धी गुप्ताभन्दा १८ हजार २ सय ५३ मत बढी ल्याउँदै जित हासिल गरेका छन्। यससँगै रौतहट–१ बाट राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभामा आफ्नो उपस्थिति बलियो बनाएको छ।

निर्वाचन क्षेत्रमा विभिन्न दलका उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने अपेक्षा गरिएको भए पनि अन्ततः चौधरीले सुरुदेखि नै अग्रता कायम राख्दै जित सुनिश्चित गरेका हुन्। मतगणनाको क्रममा पनि उनले लगातार अग्रता लिँदै अन्तिम परिणामसम्म आफ्नो पकड कायम राखेका थिए।

रौतहट–एकमा कुल ७१ हजार २ सय ३ मत खसेको थियो। मतदाताको उल्लेख्य सहभागिताबीच सम्पन्न निर्वाचनमा विभिन्न दलका उम्मेदवारले प्रतिस्पर्धा गरेका थिए। अन्ततः मतदाताले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार चौधरीलाई विश्वास व्यक्त गर्दै प्रतिनिधिसभामा पठाउने निर्णय गरेका छन्।

यस नतिजासँगै रौतहट–१ को प्रतिनिधित्व अब चौधरीले गर्ने भएका छन्। स्थानीय विकास, सुशासन र जनताका मुद्दा सम्बोधन गर्ने प्रतिबद्धतासहित उनले निर्वाचन जितेको उनका समर्थकहरूले बताएका छन्।

सम्बन्धित समाचार

युएईविरुद्ध नेपाल विजयी, सिरिज बराबरी
युएईविरुद्ध नेपाल विजयी, सिरिज बराबरी
  • २०८२ फाल्गुन २३, १५: १२

काठमाडौं : नेपालले युएईविरुद्धको दोस्रो तथा अन्तिम टी–२० अन्तर्राष्ट्रियमा उत्कृष्ट प्रदर्शन गर्दै ८ विकेटको सहज जित निकालेको छ । कीर्तिपुरस्थित...

काँग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य
काँग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य
  • २०८२ फाल्गुन २३, १५: १२

काठमाडौँ । नेपाली काँग्रेसद्धारा संविधान संशोधनका लागि सुझाव दिन गठित समितिले आजदेखि काम सुरु गरेको छ ।पार्टी उपसभापति पुष्पा भुसालको...

मन्त्रिषरिषद् बैठक : धितोपत्र बोर्ड अध्यक्ष सिफारिस समिति गठन, अन्य निर्णय के-के ?
मन्त्रिषरिषद् बैठक : धितोपत्र बोर्ड अध्यक्ष सिफारिस समिति गठन, अन्य निर्णय के-के ?
  • २०८२ फाल्गुन २३, १५: १२

काठमाडौं : सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले...