
काठमाडौं : सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गुणाकर भट्टको संयोजकत्वमा समिति गठन गरेको हो ।
समितिमा अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्याय र भुवन कुमार दाहाल सदस्य रहनेछन् । बैठकका निर्णय सार्वजनिक गर्दै सञ्चार, सूचना तथा प्रविधिमन्त्री विक्रम तिमिल्सिनाले सो जानकारी दिएका हुन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार दिउँसो बसेको बैठकले विभिन्न कानुनी र प्रशासनिक निर्णयहरू पनि गरेको छ । मन्त्री तिमिल्सिनाका अनुसार, तीन वटा ऐन संशोधनसम्बन्धी विधेयक संघीय संसद्मा पेस गर्न स्वीकृति प्रदान गरिएको छ ।
सरकारले नेपाल विशेष सेवा ऐन २०४२, प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ र मतदाता नामावली ऐन २०७३ संशोधनका लागि तयार गरिएका विधेयक संसद्मा दर्ता गर्न अनुमति दिएको छ ।
त्यसैगरी, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा नयाँ पदाधिकारी नियुक्त गर्ने निर्णय पनि गरिएको छ । समितिको अध्यक्षमा डिल्लिराज आचार्यलाई नियुक्त गरिएको छ भने सदस्यहरूमा नवराज सिम्खडा र रोशनबहादुर शाक्यलाई मनोनयन गरिएको छ ।
सरकारले उक्त निर्णयहरूमार्फत वित्तीय क्षेत्रको नियामक निकाय सुदृढ गर्ने, कानुनी सुधार अघि बढाउने र सहकारी क्षेत्रको व्यवस्थापन प्रभावकारी बनाउने लक्ष्य लिएको जनाएको छ ।
काठमाडौं : नेकपा एमालेले गृहमन्त्री सुधन गुरुङसँग जोडिएका विषयमा निष्पक्ष र स्वतन्त्र अनुसन्धान अघि बढाउन सरकारसँग माग गरेको छ । पार्टीका...
नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा देउवाका निकै नजिक निकटतम प्रतिस्पर्धी डा. शेखर कोइरालाको दोधारे चरित्रका कारण पछिल्लो समय नेपाली कांग्रेसभित्रको...
काठमाडौं : प्रतिनिधिसभा कार्य सञ्चालनका लागि तयार गरिएको नयाँ नियमावलीको मस्यौदा सभामुख डोलप्रसाद अर्याल समक्ष बुझाइएको छ । मंगलबार प्रतिनिधिसभा...