
झापा : झापा निर्वाचन क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ। खसेको १ लाख ६ हजार ३७२ मतमध्ये अहिलेसम्म ८८ हजा ४४१ मत गणना भइसकेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीका बालेन्द्र शाह ५५ हजार ९३४ मतसहित अग्रस्थानमा छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केपी शर्मा ओलीले १५ हजार ४०९ मत पाएका छन्। यस आधारमा अहिलेसम्म ओली ४० हजार ५२५ मतले बालेनभन्दा पछि परेका छन् ।
हाल झापा–५ मा करिब १७ हजार ९३१ मत गन्न बाँकी रहेका छन्। मतगणना अन्तिम चरणमा पुगेसँगै बालेनको जित निश्चित भइसकेको छ ।
काठमाडौं : नेपालले युएईविरुद्धको दोस्रो तथा अन्तिम टी–२० अन्तर्राष्ट्रियमा उत्कृष्ट प्रदर्शन गर्दै ८ विकेटको सहज जित निकालेको छ । कीर्तिपुरस्थित...
काठमाडौँ । नेपाली काँग्रेसद्धारा संविधान संशोधनका लागि सुझाव दिन गठित समितिले आजदेखि काम सुरु गरेको छ ।पार्टी उपसभापति पुष्पा भुसालको...
काठमाडौं : सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले...