काठमाडौंः विगत एक दशकदेखि छोरा कृष्णप्रसाद अधिकारीको हत्यारालाई कारबाहीको माग गर्दै अनसन बस्दै आएकी गोरखा फुजेलकी नन्दमायाँ अधिकारीको स्वास्थ्य अवस्था चिन्ताजनक भएको छ । पछिल्लो समय जेठ १५ गतेदेखि छोरा कृष्णप्रसादको हत्या गर्ने दोषीलाई कारबाहीको माग गर्दै आमरण अनसन बसेकी गंगामायाँको शरिर सुन्निएर जटिल बनेको छ । उनको हात सुन्निएर नसा नभेटिएपछि घाँटीको नसाबाट स्लाईन पानी दिइएको बीर अस्पतालका निर्देशक डाक्टर भूपेन्द्र बस्नेतले जानकारी दिए ।
नन्दमायाका छोरा कृष्णप्रसादको स्थायी घर गोरखाको फुजेलबाट चितवन आफन्तकोमा गएको बेला तत्कालिन माओवादी कार्यकर्ताले २४ जेठ २०६१ मा हत्या गरेका थिए । छोराको हत्याका दोषीलाई कारबाही गर्नु पर्ने भन्दै आमा गंगामाया र बुबा नन्दप्रसादले आमरण अनसन बसेका थिए । अनसनकै क्रममा नन्दप्रसादको ६ असोज २०७१ सालमा बीर अस्पतालमा आमरण अनसन बसेको ३ सय ३४ आंै दिन मृत्यु भएको थियो । नन्दप्रसादको अन्त्येष्टी अझै भएको छैन् ।
उनको शब शिक्षण अस्पताल महाराजगञ्जमा छ । कांगे्रस नेता केसीले सर्वोच्च अदालतको आदेशलाई समेत सरकारले बेवास्था गर्दै दोषीको खोजी नगरेको दण्डहिनतालाई प्रश्रय दिएको वताए । उनले कृष्णप्रसादको हत्यारालाई कानुन बमोजिम कारबाही गर्न आफूले संसदमा विगतमा आवाज उठाउँदै आएको भन्दै मानवअधिकारवादीसँग पनि उनीको गंगामायाको जीवन रक्षाको लागि दबाबा दिन माग गरे ।
छोरा कृष्णप्रसादको हत्यमा संलग्न भएको भनी प्रहरीले विगतमा मुद्धा चलाए पनि पछि निष्कृयता देखाएको थियो।

कृष्णप्रसादको हत्याको दोषीहरु छबिलाल पौडेल, जानुका पौडेल, भिमसेन पौडेल र रामप्रसाद अधिकारीलाई हत्या अभियोगमा कारबाहीको माग गर्दै गंगामायाँले अनसन शुरु गरेकी छन् । बीर अस्पतालको आईसीयूको ६ नम्वर बेडमा राखिएका गंगामाया बोल्न नसक्ने अवस्थामा छिन्। उनले अरुले बोलेको सुनेर आँखाले इसारा गर्ने गर्छिन् । गंगामायाँलाई राखिएकै आईसीयूको बेडमा उनका पति नन्दप्रसादको निधन भएको मानवअधिकारकर्मी चरण प्रसाईंले वताए । मानवअधिकारवादी चरण प्रसाईं, कनमणी दीक्षित, कांग्रेस नेता अर्जुननरसिंह केसी लगायतले आइतबार नन्दमायाँ अधिकारीको स्वास्थ्य स्थितिको जानकारी लिँदै उनको जीवन रक्षाको लागि सरकारसँग माग गरे ।
काठमाडौँ । संघीय संसद्अन्तर्गत संसदीय समितिहरूको सभापतिमा आज वैशाख ३० मनोनयन दर्ता हुँदै छ ।संघीय संसद् सचिवालयका अनुसार, दिउँसो १ देखि...
काठमाडौं : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर...
काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ। निगमले बुधबार मध्यराति १२ः०० बजेदेखि लागू हुने गरी डिजेल, मट्टीतेल...