गंगामायाको ज्यान खतरामा, घाँटीबाट स्लाईन दिइयो – Naya Bikalpa
July 15, 2026, Wednesday      Epaper

गंगामायाको ज्यान खतरामा, घाँटीबाट स्लाईन दिइयो

काठमाडौंः विगत एक दशकदेखि छोरा कृष्णप्रसाद अधिकारीको हत्यारालाई कारबाहीको माग गर्दै अनसन बस्दै आएकी गोरखा फुजेलकी नन्दमायाँ अधिकारीको स्वास्थ्य अवस्था चिन्ताजनक भएको छ । पछिल्लो समय जेठ १५ गतेदेखि छोरा कृष्णप्रसादको हत्या गर्ने दोषीलाई कारबाहीको माग गर्दै आमरण अनसन बसेकी गंगामायाँको शरिर सुन्निएर जटिल बनेको छ । उनको हात सुन्निएर नसा नभेटिएपछि घाँटीको नसाबाट स्लाईन पानी दिइएको बीर अस्पतालका निर्देशक डाक्टर भूपेन्द्र बस्नेतले जानकारी दिए ।

नन्दमायाका छोरा कृष्णप्रसादको स्थायी घर गोरखाको फुजेलबाट चितवन आफन्तकोमा गएको बेला तत्कालिन माओवादी कार्यकर्ताले २४ जेठ २०६१ मा हत्या गरेका थिए । छोराको हत्याका दोषीलाई कारबाही गर्नु पर्ने भन्दै आमा गंगामाया र बुबा नन्दप्रसादले आमरण अनसन बसेका थिए । अनसनकै क्रममा नन्दप्रसादको ६ असोज २०७१ सालमा बीर अस्पतालमा आमरण अनसन बसेको ३ सय ३४ आंै दिन मृत्यु भएको थियो । नन्दप्रसादको अन्त्येष्टी अझै भएको छैन् ।

उनको शब शिक्षण अस्पताल महाराजगञ्जमा छ । कांगे्रस नेता केसीले सर्वोच्च अदालतको आदेशलाई समेत सरकारले बेवास्था गर्दै दोषीको खोजी नगरेको दण्डहिनतालाई प्रश्रय दिएको वताए । उनले कृष्णप्रसादको हत्यारालाई कानुन बमोजिम कारबाही गर्न आफूले संसदमा विगतमा आवाज उठाउँदै आएको भन्दै मानवअधिकारवादीसँग पनि उनीको गंगामायाको जीवन रक्षाको लागि दबाबा दिन माग गरे ।
छोरा कृष्णप्रसादको हत्यमा संलग्न भएको भनी प्रहरीले विगतमा मुद्धा चलाए पनि पछि निष्कृयता देखाएको थियो।

कृष्णप्रसादको हत्याको दोषीहरु छबिलाल पौडेल, जानुका पौडेल, भिमसेन पौडेल र रामप्रसाद अधिकारीलाई हत्या अभियोगमा कारबाहीको माग गर्दै गंगामायाँले अनसन शुरु गरेकी छन् । बीर अस्पतालको आईसीयूको ६ नम्वर बेडमा राखिएका गंगामाया बोल्न नसक्ने अवस्थामा छिन्। उनले अरुले बोलेको सुनेर आँखाले इसारा गर्ने गर्छिन् । गंगामायाँलाई राखिएकै आईसीयूको बेडमा उनका पति नन्दप्रसादको निधन भएको मानवअधिकारकर्मी चरण प्रसाईंले वताए । मानवअधिकारवादी चरण प्रसाईं, कनमणी दीक्षित, कांग्रेस नेता अर्जुननरसिंह केसी लगायतले आइतबार नन्दमायाँ अधिकारीको स्वास्थ्य स्थितिको जानकारी लिँदै उनको जीवन रक्षाको लागि सरकारसँग माग गरे ।

सम्बन्धित समाचार

प्रतिनिधिसभा बैठक साउन १४ गतेसम्मका लागि स्थगित
प्रतिनिधिसभा बैठक साउन १४ गतेसम्मका लागि स्थगित
  • २०७५ असार १८, ०६: २२

काठमाडौं : प्रतिनिधिसभा बैठक साउन १४ गतेसम्मका लागि स्थगित भएको छ । आज बसेको प्रतिनिधिसभाको बैठकको अन्तिममा सभामुख डोलप्रसाद अर्यालले आगामी...

टी-२० विश्वकप : अब ‘सुपर १०’को संरचना, नेपालले सिधै ग्लोबल छनोट खेल्ने
टी-२० विश्वकप : अब ‘सुपर १०’को संरचना, नेपालले सिधै ग्लोबल छनोट खेल्ने
  • २०७५ असार १८, ०६: २२

काठमाडौं : अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले पुरुष टी–२० विश्वकप र एकदिवसीय (ओडीआई) विश्वकपको ढाँचामा व्यापक परिवर्तन गर्ने निर्णय गरेको...

असार मसान्तसम्म ५४.५२ प्रतिशत धान रोपाइँ, गत वर्षको तुलनामा गति सुस्त
असार मसान्तसम्म ५४.५२ प्रतिशत धान रोपाइँ, गत वर्षको तुलनामा गति सुस्त
  • २०७५ असार १८, ०६: २२

काठमाडौँ : चालु वर्ष असार महिना सकिन लाग्दासम्म देशभर धान रोपाइँ करिब ५५ प्रतिशत पुगेको छ। कृषि तथा पशुपन्छी विकास...