नयाँ विकल्प,
पाल्पा – पाल्पामा चितुवाको छालासहित दुई जना पक्राउ परेका छन् ।
रिब्दीकोट गाउँपालिका ५ कुसुम खोला देउरालीबाट बाघको छालासहित रिब्दीकोट ७ का ४२ वर्षीय विष्णुबहादुर खत्री र ४० वर्षीय रविल मियाँ पक्राउ परेका जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
मुझुङ बतासेबाट तानसेन जाँदै गरेको लु ३७ प ४४४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई बाघको छालासहित पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
झोलाभित्र गम्छामा बेरेको अवस्थामा बाघको मुखदेखि पुच्छरसम्मको लम्बाइ ६ फिट ४ इन्च, छातीको भागको चौडाइ २ फिट १ इन्च भएको छाला बरामद गरी थप अनुसन्धानको लागि डिभिजन वन कार्यालय पठाएको प्रहरीले जनाएको छ ।
काठमाडौं। राजधानीको कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनमा संलग्न रहेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवी लामिछानेविरुद्ध पक्राउ...
जनकपुरधाम। निजी विद्यालयका संगठनहरुले जनकपुरधाम उपमहानगरपालिका अन्तर्गतका सम्पूर्ण निजी विद्यालयहरू भोलिदेखि बन्द गर्ने निर्णय गरेका छन्। निजी विद्यालयका संगठनहरुले संयुक्तरुपमा...
मस्को। रुसी अदालतले श्रम इजाजतबिना काम गरेको आरोपमा ३४ जना नेपाली विद्यार्थीलाई देश निकाला (डिपोर्ट) गर्ने आदेश दिएको छ। ती...