काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले नेपालमा खुलेका भारतीय संयुक्त लगानीका बैंकले भारतीय मुद्रामा ऋण लिएर नेपालमा लगानी गर्न सक्ने बताएका छन् । नेपालमा लगानीयोग्य रकमको अभाव हटाउन संयुक्त लगानीका बैंकले भारतमा रहेका आफ्ना मुख्य कार्यालयहरुमार्फत नेपालमा लगानी भित्र्याउन सक्ने बताएका हुन् ।
विगतमा पनि यता तरलता धेरै हुँदा उता पैसा लैजाने र उताबाट यता पनि पैसा ल्याउने गरिएको उनले बताए । अर्थमन्त्री खतिवडाले यसलाई ‘इन्टर बैंक बरोइङ’का रुपमा बुझ्न पनि आग्रह गरेका छन् ।
‘एभरेष्ट र एसबिआई बैंकले आफ्ना प्यारेन्ट बैंकबाट ऋण लिएर यहाँ लगानी गर्न सक्छन्,’ खतिवडाले बताए । भारत र नेपालमा ब्याजदरको ‘मार्जिन’ पनि भएकाले नेपालमा रहेका भारतीय लगानीका बैंकले पैसा लगानी गर्न अफ्ठ्यारो नहुने उनको भनाई छ ।
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत बैंक तथा वित्तीय संस्थाहरुले परिवत्र्य विदेशी मुद्राका अतिरिक्त भारतीय मुद्रामा समेत आफ्नो प्राथमिक पुँजीको २५ प्रतिशतसम्म ऋण लिन पाउने व्यवस्था गरिने घोषणा गरेको थियो ।
केन्द्रीय बैंकले पहिलोपटक गत चैत २० गते परिपत्र जारी गर्दै वाणिज्य बैंकहरुलाई आफ्नो प्राथमिक पुँजीको २५ प्रतिशतसम्म परिवर्त्य मुद्रामा बाह्य ऋण परिचालन गर्न पाउने व्यवस्था गरेको थियो । यसको दायरा थप विस्तार गर्दै मौद्रिक नीतिमार्फत भारतीय मुद्रामा पनि ऋण लिन सकिने व्यवस्था थपिएको हो ।
काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ । आज नेप्से ३.६२...
काठमाडौं । छठको निहुँ बनाएर रास्वपा सभापति रवि लामिछाने र नेपाली कांग्रेसका सभापति गगन थापा मधेश प्रदेश ओर्लिएका छन् ।...
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले कर प्रशासनलाई प्रविधिमैत्री, सरल, सहज र पारदर्शी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । राष्ट्रिय कर...