भारतको दक्षिणी राज्य केरलामा एक व्यक्तिको प्रहरी हिरासतमा यातना दिएर हत्या गरिएको ठहर गर्दै दुई प्रहरी अधिकारीहरूलाई मृत्युदण्डको फैसला सुनाइएको छ ।
तेह्र वर्षदेखि न्यायका लागि सङ्घर्ष गर्दै आएकी मृतकीकी आमाले त्यो फैसलाको स्वागत गरेकी छिन् । केरलाको एउटा विशेष अदालतले ती दुई प्रहरी अधिकारीहरूले चोरीको आशङ्कामा समातिएका एक २६ वर्षीय युवकलाई ज्यान जाने गरी यातना दिएको ठहर गरेको हो ।
सो राज्यमा हिरासतमा भएको मृत्युमा मृत्युदण्ड सुनाइएको यो पहिलो पटक हो । अर्का प्रहरी अधिकारीलाई पनि सो घटनामा दोषी पाइएको थियो। तर फैसला आउनुअघि नै उनको निधन भयो ।
अदालतले अन्य दुई वरिष्ठ अधिकारीहरूलाई सो घटना ढाकछोप गर्ने खोजेको भन्दै तीन वर्ष कारावासको सजाय सुनाएको छ। त्रिवेन्द्रम नगरस्थित एउटा उद्यानमा उदयकुमार नाम गरेका २६ वर्षीय श्रमिकसँग भारु चार हजार फेला परेपछि सन् २००५ को सेप्टेम्बरमा उनलाई चोरी गरेको आशङ्कामा पक्राउ गरिएको थियो ।
त्यो रकम लिएर प्रहरीले उनलाई छोडिदिएको भएपनि आफूले आमालाई ओणम पर्वमा उपहार दिने वचन दिएको भन्दै उदयकुमार जान मानेनन् । त्यही साँझ उनलाई अस्पतालमा मृत अवस्थामा पु¥याइएको बताइन्छ । शवपरीक्षण गर्दा उनको शरीरमा चिकित्सकहरूले गम्भीर यातना दिइँदा हुने आन्तरिक चोटहरू भेटेका थिए ।
बुधवार फैसला आएपछि प्रभावतीले त्यस रात आफ्नो छोरा काम गर्न गएको र छोरा फर्किन्छ भनेर म रातभरि कुरेर बसेको बताउँदै न्यायको प्रतीक्षा अब सकिएको र अरू पीडितले पनि चाँडै पाउँछन् भन्ने अपेक्षा गरेहको बताइन् । न्यायाधीशले यो ‘मृत्युदण्ड नै दिइनुपर्ने दुर्लभ मुद्धा’ भएको भन्दै दोषी ठहर भएकाहरूले मृत्युदण्डको सजाय फेर्न गरेको आग्रहलाई अस्वीकार गरिदिएका थिए ।
उनले, “कानुन कार्यान्वयन गराउने व्यक्तिहरू धन र जीवनका रक्षक हुन् मृत्युका व्यापारी हैनन् । उनीहरूले एउटा निर्दोष व्यक्तिलाई आफ्नो हिरासतमा मारेको बताए ।” यस्ता घटनाले कानुन कार्यान्वयनप्रति सर्वसाधारणको विश्वास घटेको घटेको भन्दै कडा दण्डले यातना र हिरासतमा हुने मृत्युलाई दुरुत्साहन गर्ने उनको मत थियो ।
काठमाडौं : काठमाडौं निर्वाचन क्षेत्र नम्बर ९ मा जसपा नेपालबाट उम्मेदवारी दिएका रणवीर सिंह क्षेत्रीले उम्मेदवारी फिर्ता लिदै नेपाली कांग्रेसकी...
काठमाडौं । संयुक्त राष्ट्रसंघका मानवअधिकार प्रमुख भोल्कर टर्कले मध्यपूर्वमा शनिबार भएका आक्रमणहरूको निन्दा गर्दै सबै पक्षलाई वार्तामा फर्कन आग्रह गरेका...
तेहरान– इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी इजरायली र अमेरिकी आक्रमणमा मारिएको पुष्टि भएको छ । इरानी राज्य नियन्त्रित सञ्चार...