अमेरिकी सैनिकको शवका अवशेष फिर्ता पठाउँदै उत्तर कोरिया – Naya Bikalpa
March 7, 2026, Saturday      Epaper

अमेरिकी सैनिकको शवका अवशेष फिर्ता पठाउँदै उत्तर कोरिया

कोरियाली युद्धमा ५,३०० अमेरिकी सैनिकहरू मारिएको अमेरिकी अधिकारीहरूको भनाइ छ । उत्तर कोरियाले सन् १९५०को दशकको कोरियाली युद्धताका ज्यान गुमाएका अमेरिकी सैनिकहरूका शवका अवशेषहरू फिर्ता पठाउने प्रक्रिया प्रारम्भ गरेको ह्वाइट् हाउसले जनाएको छ ।

उत्तर कोरियाले सन् १९५० देखि चर्किएको कोरियाली युद्धका बेला मारिएका अमेरिकी सैनिकका शवका अंश ठानिएका अवशेषहरू अमेरिका फिर्ता पठाएको छ । वासिङ्टन र प्योङयाङबीच कूटनीतिक प्रयासहरू सावधानीपूर्वक अघि बढिरहेका बेला उत्तर कोरियाले पछिल्लो कदम चालेको हो ।

एक अमेरिकी विमानले उत्तर कोरियाको वोन्सान विमानस्थलबाट ती शवका अवशेषहरू दक्षिण कोरियास्थित अमेरिकी सैन्य अखडा पु¥याएका बताएको छ । ती शवका अवशेषहरूलाई दशकौँदेखि आफ्ना आफन्तको पार्थिव शरीरको प्रतिक्षा गरिरहेका आफन्तहरूले स्वागत गरेका छन् ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेताबीच जुन महिनामा भएको शिखर बैठकका बेला कोरियाली युद्धमा मारिएका अमेरिकी सैनिकहरूका शवका अवशेषहरू फिर्ता पठाउने लगायतका द्विपक्षीय सहमति भएका थिए । सन् १९५० देखि १९५३ सम्म चर्किएको कोरियाली युद्ध सकिएको ६५ वर्षगाँठको बेला उत्तर कोरियाले पछिल्लो कदम चालेको हो ।

त्यो युद्धका बेला अमेरिकाले आफ्ना ५,३०० सैनिकहरू गुमाएको थियो । ती मध्ये हजारौँको अवस्था अज्ञात छ । अहिले ठ्याक्कै कति सैनिकहरूका शवका अवशेषहरू उत्तर कोरियाबाट फिर्ता पठाइएको छ त्यो प्रष्ट भइसकेको छैन। उत्तर कोरियाबाट प्राप्त अवशेषहरूको परीक्षणपछि मात्र ती अमेरिकी भूमिमा फिर्ता पठाइने भनिएको छ । ह्वाइट हाउसले “अमेरिकी सरकार उत्तर कोरियाको काम र सकारात्मक परिवर्तनको क्रमबाट उत्साहित भएको“ प्रतिक्रिया दिएको छ । – बीबीसी

सम्बन्धित समाचार

जसपा नेपालका उम्मेदवार रणबीर क्षेत्रीले उम्मेदवारी फिर्ता लिएपछि कांग्रेसकी नानु बास्तोला जित नजिक
जसपा नेपालका उम्मेदवार रणबीर क्षेत्रीले उम्मेदवारी फिर्ता लिएपछि कांग्रेसकी नानु बास्तोला जित नजिक
  • २०७५ श्रावण १४, ०८: ०६

काठमाडौं : काठमाडौं निर्वाचन क्षेत्र नम्बर ९ मा जसपा नेपालबाट उम्मेदवारी दिएका रणवीर सिंह क्षेत्रीले उम्मेदवारी फिर्ता लिदै नेपाली कांग्रेसकी...

संयुक्त राष्ट्रसंघद्वारा सबै पक्षलाई ‘विवेक प्रयोग गर्न’ आग्रह
संयुक्त राष्ट्रसंघद्वारा सबै पक्षलाई ‘विवेक प्रयोग गर्न’ आग्रह
  • २०७५ श्रावण १४, ०८: ०६

काठमाडौं । संयुक्त राष्ट्रसंघका मानवअधिकार प्रमुख भोल्कर टर्कले मध्यपूर्वमा शनिबार भएका आक्रमणहरूको निन्दा गर्दै सबै पक्षलाई वार्तामा फर्कन आग्रह गरेका...

इरानी सर्वोच्च नेता खामेनी मारिए, ४० दिन शोकको घोषणा
इरानी सर्वोच्च नेता खामेनी मारिए, ४० दिन शोकको घोषणा
  • २०७५ श्रावण १४, ०८: ०६

तेहरान– इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी इजरायली र अमेरिकी आक्रमणमा मारिएको पुष्टि भएको छ । इरानी राज्य नियन्त्रित सञ्चार...