स्याङ्जा । ने
पाली कांग्रेस स्याङ्जा सभापति एवम् संविधान सभाका पूर्व सदस्य कमल प्रसाद पंगेनीको हृदयघातका कारण भिरकोट नगरपालिका वडा नं. १ हेलुस्थित कालिका सामुदायिक स्वास्थ चौकीमा आईतबार बिहान ७ः३० बजे निधन भएको छ ।
६४ वर्षका पंगेनीका श्रीमती १ छोरी १ छोरा छन् । उनी २०३३ सालदेखि कांग्रेसको भातृ संस्था ने.वि.संघदेखि सक्रिय राजनीतिबाट २०४२ सालदेखि पार्टीको जिल्ला सदस्य, सचिव हुँदै ३ कार्यकाल पार्टीको सभापति रहेका थिए । २०६४ मा संविधान सभाको निर्वाचनमा होमीदै २०७२ मा दोस्रो संविधानसम्ममा निर्वाचित भएका थिए ।
स्वः पंगेनीको सम्झनामा नेपाली कांग्रेस केन्द्रीय कार्यालयले आज २१ गते केन्द्रीय कार्यालय सहित ७६ जिल्लामा पार्टी कार्यालय बन्द गरिने र स्याङ्जा जिल्ला पार्टी कार्यालयमा तीन दिन पार्टी कार्याल्य बन्द गरिने जनाएको छ । स्वः पंगेनीको स्याङ्जा जिल्लामा आईतबार दिनभर सवयात्रा गरी स्थानीय राम्दी नदि घाटमा आईतबार बेलुकी ४ बजे अन्तिम संस्कार गरिएको केन्द्रीय पार्टी कार्यालय सानेपाले जनाएको छ ।
काठमाडौं : प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेबीच भेटवार्ता भएको छ ।...
काठमाडौं : स्वास्थ्य सेवाजस्तो संवेदनशील सेवामा कुनै पनि प्रकारको अवरोध नगर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आग्रह गरेको छ । चिकित्सक...
काठमाडौं : नेपाल चिकित्सक संघले वीरगन्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको सांघातिक आक्रमण तथा जिल्ला प्रशासन कार्यालय पर्सामा...