सभापति पंगेनी रहेनन् ! – Naya Bikalpa
July 11, 2026, Saturday      Epaper

सभापति पंगेनी रहेनन् !

 

स्याङ्जा । नेपाली कांग्रेस स्याङ्जा सभापति एवम् संविधान सभाका पूर्व सदस्य कमल प्रसाद पंगेनीको हृदयघातका कारण भिरकोट नगरपालिका वडा नं. १ हेलुस्थित कालिका सामुदायिक स्वास्थ चौकीमा आईतबार बिहान ७ः३० बजे निधन भएको छ ।

६४ वर्षका पंगेनीका श्रीमती १ छोरी १ छोरा छन् । उनी २०३३ सालदेखि कांग्रेसको भातृ संस्था ने.वि.संघदेखि सक्रिय राजनीतिबाट २०४२ सालदेखि पार्टीको जिल्ला सदस्य, सचिव हुँदै ३ कार्यकाल पार्टीको सभापति रहेका थिए । २०६४ मा संविधान सभाको निर्वाचनमा होमीदै २०७२ मा दोस्रो संविधानसम्ममा निर्वाचित भएका थिए ।

स्वः पंगेनीको सम्झनामा नेपाली कांग्रेस केन्द्रीय कार्यालयले आज २१ गते केन्द्रीय कार्यालय सहित ७६ जिल्लामा पार्टी कार्यालय बन्द गरिने र स्याङ्जा जिल्ला पार्टी कार्यालयमा तीन दिन पार्टी कार्याल्य बन्द गरिने जनाएको छ । स्वः पंगेनीको स्याङ्जा जिल्लामा आईतबार दिनभर सवयात्रा गरी स्थानीय राम्दी नदि घाटमा आईतबार बेलुकी ४ बजे अन्तिम संस्कार गरिएको केन्द्रीय पार्टी कार्यालय सानेपाले जनाएको छ ।

सम्बन्धित समाचार

मानवताको अभियानमा बागमती प्रदेश सरकारको पूर्ण साथ रहन्छ : मुख्यमन्त्री बानियाँ
मानवताको अभियानमा बागमती प्रदेश सरकारको पूर्ण साथ रहन्छ : मुख्यमन्त्री बानियाँ
  • २०७५ श्रावण २१, ११: २३

काठमाडौं : बागमती प्रदेश सरकारले प्रदेशलाई औपचारिक रूपमा ‘सडक आश्रित सहयोगापेक्षी मानवमुक्त प्रदेश’ घोषणा गरेको छ। सामाजिक विकास मन्त्रालयद्वारा आयोजित...

सम्पत्ति जाँचबुझ आयोगको सबै काम रोक्न सर्वोच्चको अन्तरिम आदेश
सम्पत्ति जाँचबुझ आयोगको सबै काम रोक्न सर्वोच्चको अन्तरिम आदेश
  • २०७५ श्रावण २१, ११: २३

काठमाडौँ : सर्वोच्च अदालतले सरकारद्वारा गठित ‘सम्पत्ति जाँचबुझ छानबिन आयोग’ को कामकारबाही तत्काल अगाडि नबढाउन अन्तरिम आदेश जारी गरेको छ...

गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन
गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन
  • २०७५ श्रावण २१, ११: २३

काठमाडौँ : गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न डिआइजीको नेतृत्वमा छानबिन समिति गठन गरिएको छ । आज गृहमन्त्री सुधन गुरुङले...