काठमाडौं । एभरेष्ट बैंकले गत आव २०७४÷०७५ मा २ अर्ब ५४ करोड ४५ लाख ३६ हजार रुपैयाँ खुँद मुनाफा गरेको बताएको छ । यो बैंकले गरेको यो नाफा अघिल्लो वर्षको तुलनामा ५३ करोड ८२ लाख रुपैयाँले अर्थात २६.८३ प्रतिशतले बढी हो । एभरेष्टले गत वर्ष २ अर्ब ६२ लाख ४८ हजार रुपैयाँ कमाएको थियो भने चुक्ता पुँजी ८ अर्ब १० करोड रुपैयाँ भएको एभरेष्टले जगेडा कोषमा ६ अर्ब २९ करोड रुपैयाँ राखेको छ ।
गत वर्षसम्ममा सो बैंकले १ खर्ब १४ अर्ब ८५ करोड २४ लाख निक्षेप संकलन गरेर ९३ अर्ब ९९ करोड १५ लाख रुपैयाँ कर्जा सापटी दिएको छ । यो अवधिसम्ममा बैंकले गरेको लगानी १८ अर्ब ७८ करोड ५५ लाख रुपैयाँ रहेको छ । एभरेष्टले घरजग्गामा ४ अर्ब ६३ करोड रुपैयाँ लगानी गरेको छ । यो बैंकको खराब कर्जा अनुपात ०.२० प्रतिशत छ ।
कर्जा तथा निक्षेप अनुपात (सीडी रेडियो) ७५.९८ रहेको यो बैंकको बार्षिक औषत ब्याजदर ४.७२ प्रतिशत र आधार दर ८.४५ प्रतिशत रहेको छ । प्रतिशेयर आम्दानी गत वर्षको तुलनामा १३ रुपैयाँले घटेर ३१.७ रुपैयाँ छ । अघिल्लो वर्ष यसको प्रतिशेयर आम्दानी ४४.३२ रुपैयाँ थियो ।
काठमाडौं : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक साताको दोस्रो कारोबार दिन सोमबार ३३.२८ अंकले घटेर २७०१.३२ विन्दुमा बन्द भएको छ।...
काठमाडौं । १४औं महाधिवेशनका देउवा पक्षीय नेताहरुले विधि विधानलाई लत्याउँदै गएका कारण पार्टीभित्र र बाहिर ठूलो आक्रोश बढ्दै गयो ।...